इटहरी । एसियाली स्तरको एक्सेस ब्रोञ्ज प्राप्त गर्न सफल भई सकेको सुनसरीको इटहरीमा रहेको महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वार्षिक कार्यक्रम अन्तरगत रक्तदान कार्यक्रम आयोजना गरेको  छ ।

     महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विगत झै यस वर्ष पनि वार्षिक कार्यक्रम अन्तरगत रक्तदान कार्यक्रम गरेको हो ।

  मानव उपचारका लागि आवश्यक पर्ने रगत सहज रुपमा उपलव्ध गर्न सकियोस भनेर आयोजना गरिएको रक्तदान कार्यक्रममा ९५जनाले रक्तदान गरे । महिला बचत तथा ऋण सहकारीका कर्मचारी ,सेयर सदस्य लगायतले गरेको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र धरानले प्राविधिक सहयोग पुर्याएको संस्थाकी कोषाध्यक्ष पुनम थापा मगरले जानकारी दिइन ।WhatsApp Image 2024-03-06 at 17.52.57

महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष मुना प्रसाई तिम्सिनाको अध्यक्षता भएको रक्तदान कार्यक्रममा संस्थाकी प्रमुख प्रकाशकीय जुनुसा पुरी लगायतको सहभागिता रहेको थियो । महिला वचत तथा ऋण सहकारीले समय समयमा रक्तदान वृक्षारोपण लगायतका सामाजिक कार्य गर्दै आएको छ ।