इटहरी । व्यवसायिक कुखुरा पालक कृषकहरुलाई लक्षित गरि नाफामुलक कुखुरा पालनमा जोड दिदै सुनसरीको इटहरीमा सञ्चालित एक दिने आधारभुत तालिम आयोजना गरेको छ । 

   सुनगाभा फिड प्राइभेट लिमिटेडको आयोजनामा सुनसरी र मोरङका कुखुरा पालक कृषकहरुका लागि व्यवायिक कुखुरा पालन सम्वन्धी आधारभुत तालिम दिइएको हो ।

  तालिममा कुखुराको लागि खोर कस्तो हुनु पर्छ , जैविक सुरक्षा कसरी अपनाउने औषधी उपचार लगायतका विषयमा सुनगाभा फिडका डा. जयविक्रम शाह र साहारा नेपालका कृषि बजारिकरण प्रमुख डा. कमलेश्वर भाटले सहजिकरण गरेका थिए ।WhatsApp Image 2024-03-03 at 14.50.43

कृषकहरुलाई व्यवसायिक रुपमा कुखुरा पालन गर्ने विषयमा जानकारी गराउने उद्धेश्यले तालिमको आयोजना गरिएको सुनगाभा फिडका अध्यक्ष मनोज न्यौपानेले जानकारी दिए । तालिममा सुनसरी र मोरङका ७० जना कुखुरा पालक कृषकहरुको सहभागिता रहेको थियो ।