धनकुटा   । दुर्गा लक्ष्मी परोपकार संस्था धनकुटाद्धारा आयोजित निःशुल्क स्वास्थ्य जाँच शिविर  तथा खेलकूद सामाग्री  बितरण कार्यक्रम सम्पन्न गरेको छ ।

धनकुटा स्थित श्रीपञ्चमि पार्कमा रहेको बाल पुनस्थापना केन्द्रमा सञ्चालित निःशुल्क  स्वास्थ्य शिविरको अवसर पारेर केन्द्रका बालबालिकालाई खेलकूदका सामाग्रीहरु बितरण गरिएको दुर्गा लक्ष्मी परोपकार संस्थाका माहासचिब डाक्टर सम्पदा श्रेष्ठले बताउनु भयो । 

उहाँका अनुसार कुनै पनि रोग  सम्बन्धी रोगहरुको समुदाय स्तरमै गएर जनचेतना जागरण गर्न जरूरी भएकोले निःशुल्क शिविर सञ्चालन गरि स्वास्थ चेक जाचँ गरेको हो । 

निःशुल्क स्वास्थ्य शिविरमा बाल पुनस्थापनाका बालबालिका, स्थानीय लगायत  ४० जनाले स्वास्थ्य जाँच गराएको संस्थाका कोषाध्यक्ष महेश श्रेष्ठले जानकारी दिनु भयो । vlcsnap-2024-03-03-13h58m28s532

सिविरमा स्वास्थ्य जाँच गराएकाहरूको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य परिक्षणका क्रममा डाक्टर सम्पदाले बताउनु भयो । 

दुर्गा लक्ष्मी परोपकार संस्था जिल्ला शाखा सभापति सरस्वति श्रेष्ठको सभापतित्वमा भएको  बाल केन्द्रमा १७ बर्षदेखिका बालबालिकाको सेवामा समर्पित ८१ बर्षीय मनमाया तामाङ्गको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको उक्त कार्यक्रममा केन्द्रका बालबालिकालाई स्वास्थ र शारिरिक रूपमा तन्दुरूस्त राख्न खेल आवश्यक भएको तर्फ मध्यनजर गर्दै फुटवल, भलिवल, गुडिया, भाडा कुटि लगायतका खेलकुदका सामाग्रि समेत वितरण गरिएको संस्थाका केन्द्रीय अध्यक्ष ईश्वर श्रेष्टले जानकारी दिनुभयो । 

उक्त बालकेन्द्रिकृत बालबालिकाहरूका लागि आवश्यक खेलकुदका सामाग्रीहरु  सामाजिक अभियान्ता ईश्मा श्रेष्टबाट हस्तान्तरण गरिएको थियो ।

उक्त कार्यक्रममा  समाज सेवी मनोज नारायण श्रेष्ठ मिना श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।