धनकुटा । पाख्रिबास नगरपालिकामा दादुरा रूवेला रोग विरूद्दको खोप अभियान सञ्चालन गरि खोप लगाईने भएको छ । 

जिल्लाको पाख्रीवास नगरपालिकामा यहि फागुन २९ गतेबाट चैत्र ३ गतेसम्म उक्त खोप लगाईने भएको हो ।

उक्त दिन ९ महिना देखि ५ वर्ष मूनिका वालवालिकाहरुलाई दादुरा रुवेला रोग विरुद्धको खोप लगाईने भएको पाख्रिबास नगरपालिकाले जनाएको छ । पाख्रिबास नगरपालिका स्वास्थ्य शाखाले अभिमुखीकरण कार्यक्रमको आयोजना गरि वालवालिकाहरुलाई दादुरा रुवेला विरुद्धको खोप लगाईने बारे जानकारी गराएको हो । 

राष्ट्रिय दादुरा रुवेला खोप अभियान अन्तर्गत नगरको सम्पूर्ण वडाका साविक २३ र थप २१ गरी जम्मा ४४ खोप केन्द्र मार्फत नगर भरिका १ हजार ६ सय २८ वालवालिकाहरुलाई खोप लगाउने तयारी गरिएको छ । 

 प्रत्येक खोप केन्द्रमा एक स्वास्थ्यकर्मी सहित २ जना स्वंयमसेवक खटाईने पाख्रीवास आधारभुत अस्पतालका डाक्टर अंकित शर्माले जानकारी दिनुभयो ।

 दादुरा रुवेलाको समस्या, लक्षण बाट बच्ने उपाय सहित जानकारी गराउदै खोप अभियान शुरू गर्न लागिएको स्वास्थ्य शाखाका सिनियर अनमि ईशा राईले जानकारी दिनुभयो ।