इटहरी । अर्ध राजनैतिक तथा अर्ध आध्यात्मिक संस्थाका रुपमा रहेको रामराज्य परिषदका अध्यक्ष जगतवहादुर थापाले संसदीय प्रणालीको सट्टा रामराज्य आवश्यक रहेको जोड दिए ।

  संगठन विस्तार तथा प्रचार अभियानका लागि पुर्व आइपुगेका अध्यक्ष थापाले इटहरीमा पत्रकार सम्मेलन गरि अहिलेको व्यवस्थाले मुलुकलाई भयावह स्थितीमा पुर्याएकाले रामराज्यको परिकल्पना सहित अभियानमा लागेको जानकारी गराएका हुन ।

अध्यक्ष थापाले धर्म र राज संस्था सहितको व्यवस्थाको पक्षमा वकालत गरेपनि राजसंस्था र धर्मको नारा लगाउने पार्टीका नेताहरुले पदका लागि मात्र नारा लगाउने काम गरेको समेत आरोप लगाए । IMG_20240302_142558आध्यामित्मक साथै राजनैतिक विषयलाई जोडदै आएको परिषद राजनैतिक संगठन हो की आध्यात्मिक भनेर पत्रकारहरुले सोधेको प्रश्नमा अर्धराजनैतिक र अर्ध आध्यात्मिक संस्था भएको समेत स्पष्ट पारेका थिए ।

पत्रकार सम्मेलनमा रामराज्य परिषदले जनजनमा रामराज्य ,घरघरमा रातो किताव भन्ने नाराका साथै रामराज्यका विषयमा तयार पारिएको रातो किताब वितरण अभियान समेत सञ्चालन भई रहेको जनाइयो ।