धनकुटा ,। महिला उद्यमशिलतामा जोड  दिदै व्यवसाय सञ्चालन गरिरहेका धनकुटाका महिलाहरुलाई लक्षित गरी सञ्चालित  डल ,कुशन लगायतका सामाग्री वनाउने एक महिने तालिम समापन भएको छ ।

  धनकुटा नगरपालिका वडा नम्बर ६को समन्वय र  घरेलु तथा साना उद्योग कार्यालय धनकुटाको आयोजनामा सञ्चालित एक महिने तालिम समापन भएको हो ।Capture

  भावना सिलाई कटाई प्रशिषण केन्द्रको प्राविधिक सहयोगमा सञ्चालन गरिएको डल,कुशन निर्माण सम्वन्धी एक महिने तालिममा धनकुटा नगरपालिका वडा नम्वर ६का ३० जना महिला उद्यमीहरुको सहभागिता रहेको थियो ।423542130_2098914630486633_6728044985938746963_n

तालिम समापन कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका प्रमुख इश्वर थापा , धनकुटा वडा नम्बर ६का वडाध्यक्ष मिलन खड्गी , तालिमकी प्रशिक्षक भावना मल्ल ठकुरी लगायतले तालिममा सहभागी महिलाहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए ।