इटहरी । ब्रहमकुमारी राजयोग सेवा केन्द्र इटहरीको ३०औं वार्षिकोत्सव  विभिन्न कार्यक्रमको  आयोजना गरि मनाइएको छ ।

    वार्षिकोत्सवको अवसर पारेर ब्रहमकुमारी राजयोग सेवा केन्द्र इटहरीले परमात्माको सेवामा सर्मपण गर्ने व्यक्तित्वहरुलाई सम्मान गर्ने देखि लिएर आध्यात्मिक प्रवचन लगायतका कार्यक्रम गरिएको हो ।

   ब्रहमकुमारी राजयोग सेवा केन्द्र कोशी प्रदेशकी मुख्य सञ्चालिका गिता दिदीको अध्यक्षता तथा कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आथित्यमा भएको वार्षिकोत्सवमा  १० देखि ३० वर्ष सम्म सेवामा आफुलाई सर्मपण गर्ने १सय ३५जनालाई सम्मान गरियो ।IMG_20240302_134224

सम्मानित हुनेहरुलाई कार्यक्रमका प्रमुख अथिती कोशी प्रदेश प्रमुख खापुङले सम्मान गरे । कार्यक्रममा ब्रह्मकुमारी राजयोग सेवा केन्द्र कोशीकी मुख्य सञ्चालिका गिता दिदी ,आध्यात्मिक प्रवचन दिएको कार्यक्रमको संयोजक इटहरीकी मुख्य सञ्चालिका शारदा दिदीको रहेको थियो ।IMG_20240302_134240

कोशी प्रदेश सभा सदस्यद्धय रेवती रमण भण्डारी , रोहितवहादुर कार्की ,नागरिक समाज इटहरीकी अध्यक्ष बालिका खड्का भट्टराई , ब्रह्मकुमारी राजयोग सेवा केन्द्र धनकुटाकी सञ्चालिका  निर्मला दिदी , सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र गिरी लगायतका अथितीहरुको सहभागिता रहेको कार्यक्रममा धार्मिक झाँकी , नृत्य समेत प्रस्तुत गरिएको थियो ।IMG_20240302_105941

वार्षिकोत्सवकै अवसर पारेर प्रभातफेरी समेत गरिएको थियो । सो क्रममा धार्मिक झाँकी सहित प्रभातफेरीले इटहरीको मुख्य बजार क्षेत्र परिक्रमा गरेको थियो ,।