इटहरी । सुनसरीको इटहरीमा रहेको अविरल बचत तथा ऋण सहकारी संस्था लिमिडेडले १३औं स्थापना दिवसको अवसर पारेर रक्तदान  कार्यक्रमको आयोजना  गरेको छ ।

    विगत वर्षहरुमा झै यस वर्ष पनि अविरल वचत तथा ऋण सहकारीले स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

   संस्थाका अध्यक्ष कुबेर बरालको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा ३१ जना महिला पुरुषले रक्तदान गरेका थिए ।

सहकारीका अध्यक्ष बरालले हरेक वर्ष वार्षिकोत्सवमा रक्तदान कार्यक्रम आयोजना गर्ने गरेको झै यस वर्ष पनि गरिएको र मानव उपचारका लागि आवश्यक पर्ने रगत अभाव नहोस भनेर रक्तदान कार्यक्रमको आयोजना गरिएको समेत जानकारी गराए  ।  IMG_20240302_085211

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र धरानको प्राविधिक सहयोग रहेको सहकारीका उपाध्यक्ष डिल्लीप्रसाद भण्डारीले जानकारी दिए । रक्तदान कार्यक्रममा नेपाली सेनाको कृष्ण दल गणका मेजर रुपेश  चापागाँई , डलक मोक्तान लगायतका अथितीहरुको सहभागिता रहेको थियो ।