इटहरी । सुनसरीको इटहरीमा रहेको सिटी मन्टेश्वरी स्कुलले अभिभावक दिवसको अवसर पारेर सामाजिक क्षेत्रमा योगदान पुर्याउने दुई जनालाई सम्मान गरेको छ ।

  शिक्षासेवी लेखनाथ घिमीरेको अध्यक्षता तथा हिसान कोशी प्रदेशका बरिष्ठ उपाध्यक्ष गणेशकुमार दुलालको प्रमुख आथित्यमा रहेको अभिभावक दिवसमा सामाजिक क्षेत्रमा योगदान पुर्याएको भन्दै पाँचधारे टोल विकास संस्थाका अध्यक्ष ज्ञानेन्द्र फुँयाल र सामजसेवी रुद्रवहादुर कडेललाई सम्मान गरिएको हो ।IMG_20240302_122902_1

नर्सरी देखि कक्षा ४ सम्मको पठनपाठन हुने सिटी मन्टेश्वरी स्कुलको अभिभावक दिवसका अवसरमा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । वि.सं.२०६९सालमा स्थापना गरिएको सिटी मन्टेश्वरी स्कुलमा हाल १सय ८० जना विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालयकी प्राचार्र्य निर्मला गुरागाई घिमीरेले जानकारी गराइन । IMG_20240302_123434_1 1उनले विद्यालयमा संस्कार ,संस्कृति , प्रविधि लगायत समयानुकुल शिक्षामा जोड दिदै आएको समेत वताइन । अभिभावक दिवसमा तरहरा जेसिजकी अध्यक्ष रिता भुषाल आचार्य लगायतका अथितीहरुको सहभागिता रहेको थियो ।IMG_20240302_122941_1