इटहरी । इटहरी खानेपानी उपभोक्ता संस्थाको आगामी नेतृत्वका लागि चैत्र ३ गते मतदान हुने भएको छ ।

   आगामी नेतृत्वका लागि इटहरी खानेपानी उपभोक्ता संस्थाको आगामी नेतृत्व चयन प्रकृयाका विषयमा जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा निर्वाचन कार्यक्रमका विषयमा जानकारी गराइएको हो ।

   निर्वाचन समितिले पत्रकार सम्मेलन गरि निर्वाचनको विषयमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा आगामी नेतृत्व चयन प्रकृया अन्तरगत हुने निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । जस अन्तरगत अन्तिम नामावली प्रकासन भई सकेको र यही फागुन २७गते मनोनयन फारम वितरण हुने , सोही दिन उम्मेदवारी दर्ता , उम्मेदवारको नामावली प्रकासन हुने , २८ गते उमेदवारी माथी दावी विरोध सोही दिन  मनोनयन फिर्ता र  आगामी चैत्र ३ गते मतदान हुने संयोजक अर्जुनकुमार दाहालले जानकारी दिए ।WhatsApp Image 2024-03-01 at 17.26.38

पत्रकार सम्मेलनमा संयोजक दाहालले १३ स्थान र २५ बुथबाट मतदान गर्ने व्यवस्था मिलाइएको समेत वताए ।

निर्वाचनका लागि २२हजार ९८ मतदाता रहेका छन । एउटै संस्था वा व्यक्तिका नाममा एक भन्दा बढी धारा भएपनि मतदानको अधिकार एक मात्र रहने व्यवस्था गरिएको समेत पत्रकार सम्मेलनमा जानकारी गराइयो । पत्रकार सम्मेलनमा सहसंयोजक चन्द्रप्रसाद भट्टराई , सदस्य शालिकराम ढकाल लगायतले पत्रकारहरुको प्रश्नको जवाफ दिएका थिए ।