इटहरी । वालवालिकाहरुलाई लक्षित गरि किवानिस क्लव अफ इटहरीले दुई वटा विद्यालयका विद्यार्थीहरुका लागि दन्त शिविर आयोजना गरेको छ ।

     इटहरी उपमहानगरपालिका वडा नम्बर ८मा रहेको सरस्वती सतन माध्यमिक विद्यालय र सेतो गुराँस आधारभुत विद्यालयका विद्यार्थीहरुका लागि किवानिस क्लव अफ इटहरीले दन्त शिविर आयोजना गरेको हो ।

    खास गरेर साना वालवालिकालाई लक्षित गरी दन्त शिविर सहित दन्त सुरक्षाका लागि तुथपेष्ट र ब्रस वितरण कार्यक्रम राखिएको किवानिस क्लव अफ इटहरीकी अध्यक्ष मनिता तामाङले वताइन ।

अध्यक्ष तामाङले पछिल्लो समयमा वालवालिकाहरुमा मोवाइलका कारण आँखा र जङफुडका कारण दातमा समस्या हुने गरेको तर्फ मध्यनजर गर्दै दन्त शिविर राखिएको जानकारी गराइन ।WhatsApp Image 2024-02-29 at 16.49.46

दन्त शिविरमा मनकामना डेन्टल क्लिनीक एण्ड अर्थोडोन्टिक केयर इटहरीले प्राविधिक सहयोग पुर्याएको थियो ।

शिविरमा २ सय १५ जना विद्यार्थीहरुले सेवा लिएका थिए । शिविरमा दन्त परिक्षणका लागि आएका वालवालिकाहरुलाई दाँतको सुरक्षाका विषयमा सहजिकरण सहित तुथपेष्ट र ब्रस वितरण गरियो ।WhatsApp Image 2024-02-29 at 16.49.47

विद्यार्थीहरुलाई होप धरानका अध्यक्ष निश्चल पलिखे , किवानिस क्लव अफ धरानका अध्यक्ष विक्की श्रेष्ठ , सरस्वती सतन माविका प्रधानाध्यापक बासुदेव कर्ण लगायतले तुथपेष्ट र ब्रस वितरण गरेका थिए ।