इटहरी । रेडिमेट कपडा तथा जुत्ता चप्पल व्यवसायी संघ इटहरी एक औपचारिक कार्यक्रमको आयोजना गरिी ८औं साधारण सभा सम्पन्न गरेको छ ।

    संघका अध्यक्ष विनोद चोछेको अध्यक्षता तथा उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष भीम पौडेलको प्रमुख आथित्यमा साधारण सभा आयोजना गरिएको हो ।

  इटहरीमा व्यवसाय सञ्चालन गर्दै आएका दुई जनालाई संघलाई सहयोग गरेको भन्दै प्रशंषा पत्रले सम्मान गरियो ।सम्मानित हुनेहरुमा विदुर थापा र प्रदिप बस्नेत रहेका छन । सम्मानित हुनेहरुलाई कार्यक्रमका प्रमुख अथिती लगायतले सम्मान गरेका थिए ।WhatsApp Image 2024-02-29 at 18.06.20

कार्यक्रममा संघका अध्यक्ष तथा कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रममा इटहरी उपमहानगरपालिका प्रवक्ता तथा वडा नम्बर ६का वडाध्यक्ष दिवस पोखरेल,उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुली , होटल व्यवसायी संघ इटहरीका कार्यवाहक अध्यक्ष जय प्रसाद उपाध्याय , रेडिमेट व्यवसायी संघ इटहरीका पुर्व अध्यक्ष सिताराम सापकोटा ,मदिरा व्यवसायी संघ इटहरीका अध्यक्ष राजेन्द्र राई लगायतको सहभागिता रहेको थियो ।WhatsApp Image 2024-02-29 at 18.06.21