इटहरी । सहकारी तथा गरिवी सम्वन्धी व्यवस्थापन सुचना प्रणालीलाई व्यवस्थित वनाउने उद्धेश्यले सुनसरीको इटहरीमा सञ्चालित  तिन दिने कोपोमिस तालिम सम्पन्न भएको छ । 
     इटहरी उपमहानगरपालिका सहकारी शाखाको  आयोजनामा इटहरी क्षेत्रमा रहेका सहकारीहरुलाई लक्षित गरी प्रतिवेदन तयार पार्ने र पालिका लगायतका निकायहरुमा पठाउने विषयमा दक्षता प्रदान गर्ने उद्धेश्यले सञ्चालित तालिम सम्पन्न भएको हो ।
    इटहरी उपमहानगरपालिका सहकारी शाखा प्रमुख बालकुमार पोखरेलको अध्यक्षता तथा कार्यपालिका सदस्य भिमाकुमारी तुम्वाहाम्फेको प्रमुख आथित्यमा तालिम समापन गरिइको हो ।WhatsApp Image 2024-02-29 at 17.43.32
 तालिममा इटहरी क्षेत्रका विभिन्न सहकारी सस्थाका २६ जना व्यवस्थापक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । 
तालिममा सहकारी शाखा अधिकृत सुमन पौडेलले  सहकारीहरुले डाटा कसरी राख्ने ,कसरी पालिकाहरुलाई पठाउने लगायतका सहकारी सम्वन्धी व्यवस्थापकिय पक्षहरुका विषयमा सहजिकरण गरेका थिए ।WhatsApp Image 2024-02-29 at 16.49.41 तालिममा सहभागीहरुले तालिम प्रभावकारी भएकाले आफुले सिकेका कुराहरु आफु कार्यरत सहकारीमा लागु गर्ने प्रतिबद्धता ब्यक्त गर्दै जसले कार्य सम्पादनमा सहयोग पुग्ने समेत सहभागीहरुले विश्वास गरेका छन ।