सुन्दरहरैचा । मोरगंको सुन्दरहरैचा क्षेत्रका होटल व्यवसायीहरुको संस्था सुन्दर होटल तथा पर्यटन व्यवसायी संघ सुन्दरहरैचाको प्रथम अधिवेशनले पुनः उत्सव थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
सर्वसम्मत रुपमा चयन भएको सुन्दर होटल तथा पर्यटन व्यवसायी संघ मोरगंको नयाँ कार्यसमितिमा बरिष्ठ उपाध्यक्षमा कुलवहादुर श्रेष्ठ ,उपाध्यक्षद्धय रामवहादुर लिम्बु र गोमा श्रेष्ठ , महासचिवमा आकास दुलाल , सचिवमा स्थीरवहादुर कटुवाल कोषाध्यक्षमा नगेन्द्रमणी पौडेल र सहकोषाध्यक्षमा चुर्णवहादुर विष्टलाई अधिवेशनले चयन गरेको हो ।
त्यसै गरी सदस्यहरुमा बबिता पोखरेल, नारायण भण्डारी , जयकुमार राई , हिमा पोखरेल ,नविन खनाल , मनु श्रेष्ठ,दुर्गा पौडेल,रेवत अधिकारी,फुलमाया तामाङ रहेका छन भने सल्लाहकारमा तेजबहादुर पुरी,कृष्ण प्रसाद रिजाल,जिवन ढुंगाना लगायतका रहेका छन् । 
होटल व्यवसायी महासंघका उपाध्यक्ष देवी गौतम रविनको प्रमुख आथित्यमा भएको पहिलो साधारण सभा तथा बनभोज कार्यक्रममा प्रमुख अथिती गौतमले होटल व्यवसायीहरुको कान्छो संस्थाका रुपमा रहेको सुन्दर होटल तथा पर्यटन व्यवसायी संघ मोरगंले आगामी दिनमा महत्वपुर्ण काम गर्ने विश्वास व्यक्त गरे । सुन्दरहरैचा नगरपालिका क्षेत्रका एक सय बढी होटल ब्यवसायीहरुको संघमा आवद्ध रहेको छ । 
सुन्दरहरैचामा पर्यटक भित्रयाउन र होटलहरु लाई चलायमान गर्नका लागी प्रदेश तथा स्थानिय सरकार संग कार्यक्रमहरु ल्याउने पहल गर्ने र होटल ब्यवसायीहरु लाइ एकजुट भएर संघलाई सहयोग गर्न पनी अध्यक्ष थापाले आग्रह गरे ।
कार्यक्रममा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजवहादुर पुरी , सचिव माधव दाहाल तथा इटहरी होटल तथा लज व्यवसायी समितिका अध्यक्ष उमानाथ दाहाल उमेश लगायतका अथितीहरुको सहभागिता रहेको थियो ।




















