इटहरी । विद्यार्थीहरुलाई आफना संस्कार सस्कृतिहरु नविर्सीउन साथै नयाँ नयाँ विज्ञान प्रविधिका विषयमा शिक्षा र सिप आर्जन गर्न सकुन भनेर विद्यार्थीहरुकै सहभागितामा सुनसरीको इटहरीमा रहेको कोशी सेन्टजेम्स विद्यालय तथा कलेजले वृहत प्रर्दशनी आयोजना गरेको छ ।

   सानो कक्षाका विद्यार्थी देखि लिएर कलेज पढ्ने विद्यार्थीले समेत वनाएका विभिन्न सामाग्रीहरु राखेर प्रर्दशनी आयोजना गरिएको हो ।

   विद्यार्थीहरुलाई पाठ्यक्रममा मात्र सिमित नराखेर वाहिरी ज्ञान समेत प्रदान गर्ने उद्धेश्यले विद्यार्थीले नै वनाएका विज्ञान प्रविधि , सामाजिक लगायतका विषयहरुसंग सम्वन्धीत सामाग्रीहरु प्रर्दशनीमा राखिएको कलेजका अध्यक्ष मनु मञ्जिलले जानकारी दिए ।WhatsApp Image 2024-02-27 at 16.26.02

विद्यार्थीहरुले वनाएका सामाग्रीहरुमा भारत र पाकिस्तानमा समेत पुरस्कृत हुन सफल सामाग्रीहरु समेत रहेको समेत अध्यक्ष मनु मञ्जिलले वताए ।

वृहत प्रर्दशनीमा विद्यार्थीहरुले वनाएका सामाजिक , विज्ञान , प्रविधि , पुराना घरायसी प्रयोजनका सामाग्रीहरु लगायतका १सय  ४९वटा स्टलहरु  समावेश गरिएको छ । जसमा पोखरी सफा गर्ने मेशीन देखि लिएर प्रति घण्टा १सय ४० किलो मिटर पुगेर फोटो खिच्न सक्ने ड्रोन समेत प्रर्दशनीमा राखिएको छ ।WhatsApp Image 2024-02-27 at 16.26.04 (1)

त्यसै गरी विद्यार्थीहरुले नै वनाएका परिकारहरु समेत अतिथी तथा अभिभावकहरुले स्वाद मानेर खाएका थिए । प्रर्दशनीको इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले रोर्वटबाट गरेका थिए ।WhatsApp Image 2024-02-27 at 16.26.03

आफना विद्यार्थीहरुले तयार पारेका सामाग्रीहरु राखिएको प्रर्दशनी हेर्न अन्य विद्यालय तथा कलेजका विद्यार्थी र अभिभावकहरुलाई समेत निमन्त्रणा गरिएको समेत जनाइयो । सो अवसरमा विद्यार्थीहरुको प्रर्दसनी  अभिभावकहरुले अभिरुचि पुर्वक अवलोकन गरेका थिए भने कार्यक्रममा विद्यार्थीहरुले सास्कृति कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।