इटहरी । इटहरी ४ मा रहेको नि;साहय बालबालिका सेवा आश्रमले एक कार्यक्रमको आयोजना गरी सम्मान तथा आजिवन सदस्यता वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
सामाजिक कार्यमा योगदान पुर्याएका लाई सममन तथा स्तापना देखिनै आश्रम लाई विभन्न क्षेत्र बाट सहयोग पुर्याउने ब्यत्तिहरुलाई आजिवन सदस्यमा मनोनित गरिएको छ । 
सम्मान हुनेहरुमा नगरिक समाज इटहरीकी अध्यक्ष बालिका भट्टराई, ब्यवसायी खगेन्द्र श्रेष्ठ, अनिल अग्रवाल, समाजसेवी मंदिल मकाजु,राजेश श्रेष्ठ,पदम लुङ्गेली मगर लगाएतका १८ जनालाइ सम्मान गरिएको थियो ।
साथै आश्रमलाई विभिन्न समयमा सहयोग गर्ने ३१ जनालाइ आजिवन सदस्यता प्रमाणपत्र वितरण समेत गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी सुनसरी जिल्ला प्रसासन कार्यलर्यका साहयक प्रमुख जिल्ला अधिकारी वेदराज फुयलको प्रमुख आतिथ्य तथा आश्रमकी संचालिका सुश्री गिता गौतमको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रहरी कार्यलय इटहरीका प्रमुख डिएसपी टेकबहादुर कार्की,किवानिस क्लब इटहरीकी अध्यक्ष मनिता तामाङ,लेडी जेसजिकी पुर्व अध्यक्ष सुमित्रा भट्टराई लगायतको सहभागिता रहेको थियो ।




















