इटहरी ।   व्यवस्थापिका  संसदको कार्यविधी, कानुन निर्माणको तौरतरिका र मतदानका विषयमा इटहरीमा रहेको इटहरी नमुना कलेजका विद्यार्थीहरुले अभ्यास गरेका छन ।

    इटहरी नमुना कलेजका कानुन संकायमा अध्ययनरत विद्यार्थीहरुले कानुन निर्माण प्रकृयाका विषय समावेश गरेर नमुना संसदको अभ्यास गरेका हुन्।

    नमुना संसदमा विद्यार्थीहरुले निर्माण गरेको नमुना विद्यार्थी ऐनका विषयमा विद्यार्थीहरुले   दफाबार छलफल समेत गरेका थिए ।  प्रस्तुत ऐनका विषयमा विद्यार्थीहरुले सत्तापक्ष र प्रतिपक्षमा रहेका दल झै आआफ्नो पक्षको कुरा राखेका थिए ।WhatsApp Image 2024-02-25 at 15.28.15

सो क्रममा विद्यार्थीहरुले कानुन निर्माण हुने देखि लिएर ,  संसदबाट पास भएको ऐन राष्ट्रपतिबाट प्रमाणीकरण भएपछिको कसरी  कार्यन्वयन गरिन्छ लगायतका विषयमाहरुको समेत अभ्यास विद्यार्थीहरुलाई राउन नमुना संसदको अभ्यास गराएको कानुन संकायका अध्यापक  कुलदिप भुजेलले जानकारी दिए । नमुना संसदमा  ६५ जना कानुनका विद्यार्थीको सहभागिता रहेको थियो ।