इटहरी । सुनसरीको इटहरीमा सञ्चालन भई रहेको जुत्ता चप्पल व्यापार मेलाको औपचारिक रुपमा उदघाटन गरिएको छ ।
उद्योग वाणिज्य संघ इटहरीका केही पदाधिकारीहरुले मेलालाई प्रचारप्रसारका रुपमा मात्र प्रयोग गरेर विक्री नगर्न भनेका कारण उदघाटन हुन नसकिएको मेलाको उद्योग वाणिज्य संघ इटहरीकै पुर्व बरिष्ठ उपाध्यक्ष समेत रहेका इटहरी उपमहानगरपालिका वडा नम्बर ६का वडाध्यक्ष दिवस पोखरेलले उदघाटन गरेका हुन ।
पहिलो पटक इटहरीमा सञ्चालन गरिएको जुत्ता चप्पलको मेलाको उदघाटन गर्दै नेपाली उत्पादनको प्रवद्धनका लागि सञ्चालित मेलाका आयोजकहरुलाई आफनो वडामा स्वागत गर्न पाउदा खुशी लागेको कार्यक्रमका प्रमुख अथिती दिवस पोखरेलले वताए । उनले मेला महोत्सवहरुको आयोजना गरेर व्यापार प्रवद्र्धनमा गर्ने कार्य उद्योग वाणिज्य संघले गर्नु पर्नेमा समेत जोड दिए ।
नेपाली जुत्ता चप्पलको बजारिकरण साथै प्रवद्र्धनमा जोड दिदै नेपाली जुत्ता चप्पल उत्पादक कम्पनीहरुका विभिन्न व्राण्डका जुत्ता चप्पल विक्री गर्ने गरी मेला सञ्चालन गरिएको फुटवेर मेनिफ्याक्च्ड एसोसिएसनका पुर्व अध्यक्ष नानीराज घिमीरेले वताए ।
उनले नेपाली उत्पादनका जुत्ता चप्पलहरुलाई प्रवद्र्धन गर्न मेलाको आयोजना गरिएको र नेपाली जुत्ताले नेपालका उपभोक्ताहरुलाई पुरा गर्न सक्ने अवस्था गरेको साथै नेपाली जुत्ता निर्यात समेत हुने गरेका वताए ।
मेला उदघाटन कार्यक्रममा मेलाका संयोजकले विभिन्न नेपाली जुत्ता कम्पनीका३ हजार भन्दा वढी मोडलका जुत्ताहरु विक्री गर्ने गरी मेला सञ्चालन गरिएको वताए । उनले एक महिना सम्म सञ्चालन गरिने भनिएको मेला विभिन्न कारणले यही फागुन २२ गते सम्म मात्र सञ्चालन हुने उनले जानकारी गराए । उदघाटन कार्यक्रममा वोल्दै उद्योग वाणिज्य संघ इटहरीका सदस्य उमानाथ दाहालले मेला महोत्सवलाई व्यापार व्यवसायी प्रवद्र्धनमा सघाउ पुर्याउने भएकाले इटहरीवासीले मेला सञ्चालनमा सहयोग पुर्रयाउनु पर्नेमा जोड दिए ।
जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजवहादुर पुरीले पनि मेला सञ्चालनले इटहरी क्षेत्रको व्यापार व्यवसायलाई चलायमान वनाउन सहयोग पुर्याउने वताए । कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीका कार्यालय प्रमुख रमेश कोइराला , नागरिक समाज इटहरीका पुर्व अध्यक्ष सन्तवहादुर डुम्जन , नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख सरोज पौडेल लगायतका अथितीहरुको सहयोगिता रहेको थियो ।




















