इटहरी । रेविज रोगको जोखिम अन्त गर्ने  उद्धेश्यले सुनसरीको इटहरीमा वुल्स एलेभेन क्लवले सामुदायिक कुकुरहरुलाई नियन्त्रणमा लिएर रेविज विरुद्धको भ्याक्सिन लगाउने कार्य गरेको छ ।

    इटहरी उपमहानगरपालिकाको सहयोगमा वुल्स एलेभेन क्लवले सामुदायिक कुकुरहरुलाई एन्टी रेबिज भ्याक्सिन लगाएको हो ।

  वुल्स एलेभेनले सञ्चालन गरेको सामुदायिक कुकुर लगायतलाई एन्टी रेविज भ्याक्सिन लगाउने शिविरमा ३२वटा कुकुरलाई भ्याक्सिन लगाइएको क्लवका उपाध्यक्ष रामु राईले जानकारी दिए ।

उनले एन्टी रेविज भ्याक्सिन नलगाईका सामुदायिक कुकुरहरुका कारण रेविज फैलन सक्ने तर्फ मध्यनजर गर्दै रेविज नियन्त्रणमा एक स्वास्थ्य एक गन्तव्य नारा सहित रेविज विरुद्धको भ्याक्सिन लगाउने शिविर सञ्चालन गरिएको वताए ।IMG_6946

यसै विच विभिन्न शिविर सफल वनाउन सहयोग पुर्याएको भन्दै इटहरीका ९ जना नगरप्रहरीलाई सम्मान गरियो ।

    शिविरमा इटहरी उपमहानगरपालिका पशुपंक्षी शाखाले प्राविधिक सहयोग पुर्याएको थियो । वुल्स एलेभेन क्लवले इटहरी क्षेत्रमा सरसफाई , वृक्षारोपण लगायका विभिन्न सामाजिक कार्यमा महत्पुर्ण योगदान पुर्याउदै आएको छ ।