इटहरी  । खेल जगत र सुनसरी व्याडमिन्टन एकेडेमीको गतिविधिहरुलाई पत्रकारिताका माध्यमबाट देश विदेश सम्म पुर्याउन महत्पुर्ण योगदान गरेको भन्दै सप्तकोशी टेलिभिजनका सञ्चालक दिपक कार्कीलाई सम्मान गरिएको छ ।

    सुनसरी व्याडमिन्टन एकेडेमीको चौथो साधारण सभा तथा वनभोज कार्यक्रमको अवसर पारेर कार्कीलाई सम्मान गरिएको हो ।

 त्यसै गरी व्याडमिन्टनका इटहरीका पहिलो खेलाडी खगेन्द्र कार्की र व्याडमिन्टनका पुराना खेलाडी प्रेम अधिकारी गोपाललाई पनि सम्मान गरियो । सुनसरी व्याडमिन्टन एकेडेमीका अध्यक्ष सुरेश कार्कीको अध्यक्षता तथा सुनसरी जिल्ला व्याडमिन्टन संघका अध्यक्ष प्रतिक श्रेष्ठको प्रमुख आथित्य रहेको कार्यक्रममा एकेडेमीको भवन निर्माणका सहयोग पुर्याउने एकेडेमीका सल्लाहकार भिम गौतम सहित निर्माण समितिका पदाधिकारीहरुलाई समेत कदर पत्र प्रदान गरियो ।IMG_20240224_105014_1

   सो अवसरमा एकेडेमीले व्याडमिन्टनका खेलाडीहरु उत्पादन गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सहभागी गराउन सफल हुदै आएको र इन्डोर खेलका लागि भवन निर्माण गर्न समेत सफल भएको एकेडेमीका अध्यक्ष सुरेश कार्कीले जानकारी गराए ।IMG_20240224_112611 1

कार्यक्रममा जिल्ला भलिवल संघ सुनसरीका अध्यक्ष ढुण्डीराज गुरागाई ,सगरमाथा व्याडमिन्टन क्लवका अध्यक्ष वमवहादुर लिम्बु ,समाजसेवी शिव भट्टराई लगायतका अथितीहरुको सहभागिता रहेको थियो । साधारण सभामा अध्यक्ष लगायतले प्रस्तुत गरेका प्रतिवेदनहरुका विषयमा वन्द सत्रमा छलफल र निणर्य गरी साधारण सभा  समापन गरिने छ ।