इटहरी । सुनसरीको इटहरीमा एक महिना जुत्ता चप्पल व्यापार मेला सञ्चालनमा आएको छ। पहिलो पटक इटहरीमा जुत्ता चप्पलको मेला सञ्चालनमा आएको हो ।
नेपाली जुत्ता चप्पलको बजारिकरण साथै प्रवद्र्धनमा जोड दिदै विभिन्न नेपाली जुत्ता चप्पल उत्पादक कम्पनीहरुका विभिन्न व्राण्डका ३ हजार भन्दा वढीका मोडलका जुत्ताहरु विक्री गर्ने गरी मेला सञ्चालन गरिएको पत्रकार सम्मेलन गरि आयोजक फुटवेर मेनिफ्याक्च्ड एसोसिएसनका पुर्व अध्यक्ष तथा मेलाका संयोजक होमनाथ उपाध्यायले वताए ।
एक महिने जुत्ता चप्पल मेलाको आज औपचारिक कार्यक्रमको आयोजना गरि उदघाटन गरिने भनिएपनि इटहरी उद्योग वाणिज्य संघको तर्फबाट स्थानीय व्यवसायीहरुलाई असर पर्ने भन्दै मेलामा प्रचारप्रसार वाहेक विक्री नगर्न भनिएका कारण तत्कालका लागि उदघाटन कार्यक्रम स्थगीत गरिएको फुटवेर मेनिफ्याक्च्ड एसोसिएसन पुर्व अध्यक्ष नातीराज घिमीरेले जानकारी दिए ।
मेला आयोजकले मेलाले गर्दा जुत्ता चप्पलको विक्री वितरण वढ्ने भएपनि स्थानीय व्यापारीहरुलाई असर गर्ने भनिनु हास्यस्पद रहेको भन्दै आफुहरुले अन्य ठाउँमा समेत मेला तथा आउटलेट सञ्चालन गर्दै आएको समेत पत्रकार सम्मेलनमा जानकारी गराइयो । इटहरीमा पहिलो पटक सञ्चालनमा आएको जुत्ता चप्पल मेला आगामी चैत्र १५ गते सम्म सञ्चालन हुने समेत पत्रकार सम्मेलनमा जनाइयो । मेलामा ३लाख बढी उपभोक्ताहरुले अवलोकन गर्ने र २ करोड वढीको कारोवार हुने समेत अपेक्षा गरिएको छ ।




















