इटहरी । सुनसरीको इटहरीमा रहेको नेपाल दयानन्द वैदिक मिशन एकेडेमीले एक औपचारिक कार्यक्रमको आयोजना गरी वार्षिक कार्यक्रम गरेको छ ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष ध्रुवकुमार सुब्बाको अध्यक्षता तथा शिक्षा विकास तथा समन्वय इकाई सुनसरीका प्रमुख खगेन्द्र सुवेदीको प्रमुख आथित्यमा वार्षिक कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा विद्यालयका मार्सल आर्ट प्रशिक्षक सागर राउतलाई थाइल्याण्ड , तथा दुबईमा आयोजना भएको प्रतियोगितामा ८४ केजी तौल समुहमा स्वर्ण पदक प्राप्त गरेकोमा सम्मान गरियो ।
त्यसै गरी सोही कार्यक्रममा उत्कृष्ट कर्मचारी शिक्षकहरुलाई समेत सम्मान गरियो । विद्यार्थीहरु वनाएका शैक्षिक ,घरायसी प्रयोजनका सामाग्री , विज्ञान प्रविधिका वनाएका सामाग्रीहरु प्रर्दशन गरिएको थियो । त्यसै गरी विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।
विद्यालयका गतिविधिका विषयमा प्राचार्य डा. वेणु प्रसाद सिटौलाले जानकारी गराएका थिए । कार्यक्रममा समाजसेवी विश्वप्रसाद रिजाल, इटहरी उपमहानगरपालिका शिक्षा शाखाका प्रमुख द्रोण दाहाल , विद्यालयका सहायक प्राचार्य नारायण सुवेदी , नृत्य संयोजक तुलसी घिमीरे लगायतको सहभागिता रहेको थियो ।




















