इटहरी । अध्ययन अध्यापन साथै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागी वनाउदै शिक्षा र सिपमा जोड दिदै आएको सुनसरीको इटहरी उपमहानगरपालि वडा नम्बर २०मा रहेको किड्स ह्याप्पी होमले १२औ अभिभावक दिवस तथा तेस्रो दिक्षान्त सम्पन्न गरेको छ ।
प्ले गु्रप देखी कक्षा ५ सम्मका विद्यार्थीहरु अध्ययन गने किड्स ह्याप्पी होमले इटहरी उपमहानगरपालिका शिक्षा शाखा प्रमुख द्रोण दाहालको प्रमुख आथित्यमा अभिभावक तथा दिक्षान्त सम्पन्न गरेको हो ।
दिक्षान्तमा किड्स ह्याप्पी होमको अध्ययन पुरा गरेन अध्ययनका लागि अन्य शैक्षिक संस्थाहरुमा जाने विद्यार्थीहरुलाई दिक्षित गरि विदाई गर्ने गरिएको प्रिन्सिपल रिता भुषालले जानकारी दिइन । विगत तीन वर्ष देखि किड्स ह्याप्पी होमले दिक्षान्त कार्यक्रम समेत गर्न थालेको समेत भुषालले वताइन ।
वार्षिक कार्यक्रमका रुपमा विभिन्न विधा समावेश गरेर विद्यार्थीहरुको सहभागिता गराउदै आएकोमा विद्यार्थीहरुको सहभागितामा नृत्य , फेसन सो , नाटक प्रस्तुत समेत गरिएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का, विश्व आर्दश एकेडेमीका अध्यक्ष लेखनाथ घिमीरे ,विद्यालय सञ्चालक सुनिल भुषाल लगायतका अथितीहरुको सहभागिता रहेको थियो । किड्स ह्याप्पी होममा दुई सय जना वढी विद्यार्थीहरु अध्ययनरत रहेका छन ।




















