इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर ५ तथा आसपासका क्षेत्रका विरामीहरुलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
लायन्स क्लव अफ इटहरी एक्टीभको आयोजना तथा प्रविण माधुरी सेवा प्रतिष्ठान र लियो क्लव अफ इटहरी एक्टीमको सहआयोजनामा रक्तदान सहितको वृहत स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
लायन्स क्लव अफ इटहरी एक्टीभकी अध्यक्ष मन्दिरा भट्टराईको अध्यक्षता तथा लायन्स क्लव अफ डिष्ट्रिक गर्भनर विजयहरी शर्माको प्रमुख आतिथ्यमा भएको शिविरमा सान्वी सिटी हस्पिटल प्रालि , नव दृष्टि आइ हस्पिटल प्रालिको प्राविधिक सहयोग तथा इटहरी उपमहानगरपालिका वडा नम्बर ५का सहकार्यमा आयोजना गरिएको स्वास्थ्य शिविरमा एमडी जिपी डा.मुकेशकुमार साहले जेनेरल रोग साथै स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा सोभा गुप्ता, डा. अविनास कुमार साह , डा. रामविश्वेश्वर साह , दन्त चिकित्सक सोनिका भगतले विरामी जाँच सेवा दिएका थिए ।
शिविरमा २सय ५० वढी विरामीले विभिन्न सेवा लिएका थिए । त्यसै गरी नवदृष्टि आइ हस्पिटल इटहरीले आँखा जाँचमा प्राविधिक सहयोग पुर्याएको थियो । सान्वी सिटी हस्पिटलले विशेषज्ञ चिकित्सकहरुवाट जेनेरल तथा प्रसुती साथै दन्त रोग लगायतका सेवाहरु प्रदान गरेको अस्पतालका सञ्चालक सुजित ढुंगेलले जानकारी दिए । सोही अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३० जना महिला पुरुषले रक्तदान गरेका थिए ।




















