इटहरी । सुनसरी सेन्ट जेभियर्स सेकेण्डरी इंगलिस स्कुल इटहरीले विविध कार्यक्रमको आयोाजना गरी २५औं अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम गरेको छ ।

   स्कुलका सस्थापक प्रिन्सिपल कविन्द्र मण्डलको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका शिक्षा शाखाका प्रमुख द्रोण प्रसाद दाहालको प्रमुख आथित्यमा अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरिएको हो ।  WhatsApp Image 2024-02-19 at 18.06.47

  कार्यक्रममा विद्यार्थीहरुले विभिन्न शैक्षिक तथा प्रविधिका सामाग्रीहरु वनाएर प्रर्दशन गरेका थिए भने विभिन्न सास्कृतिक कार्यक्रम सहित प्रहसन पनि विद्यार्थीहरुले देखाएका थिए । सोही अवसरमा इटहरी क्षेत्रमा सामाजिक विकासमा योगदान पुर्याएको भन्दै राजकुमार तामागं र राजु केसीलाई सम्मान गरियो ।WhatsApp Image 2024-02-19 at 18.06.46

   अभिभावक दिवसमा सहभागी अभिभावकहरुलाई नै प्रतिस्पर्धि वनाएर  म्युजिकल चेयर र हाजिरी जवाफ प्रयोगिता समेत आयोजना गरियो । त्यसै गरी शैक्षिक तथा विभिन्न खेलकुद तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरियो । कार्यक्रममा नागरिक समाज इटहरीका पुर्व अध्यक्ष तथा राजा क्लवका अध्यक्ष सन्तवहादुर डुम्जन , प्याब्सन कोशी प्रदेश उपाध्यक्ष ज्ञानेन्द्र दाहाल , समाजसेवी कमल राई लगायतका अथितीहरुको सहभागिता रहेको थियो ।WhatsApp Image 2024-02-19 at 18.06.43 (2)