इटहरी । परम्परागत तथा लोपोन्मुख बन्दै गई रहेका खाना परिकारहरुको संरक्षण तथा पर्यटन प्रवद्र्धनमा जोड दिदै सुनसरीको इटहरीमा सञ्चालन भई रहेको दोस्रो इटहरी परम्परागत खाना महोत्सवमा उल्लेखिय संख्यामा आन्तुकहरु आइरहेका छन ।
जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना तथा इटहरी होटल तथा लज व्यवसायी समिति र इटहरी फुटवल संघको सहआयोजनामा यही फागुन १ गते देखि सञ्चालन हुदै आएको परम्परागत खाना महोत्सवमा उल्लेखिय रुपमा मानिसहरु सहभागी भई रहेका हुन ।
इटहरी उपमहानगरपालिका वडा नम्बर ४को आइतबारेमा सञ्चालन हुदै आएको परम्परागत खाना महोत्सवमा बिर्यानीको स्टल राखेकी व्यवसायी विक्रीसंगै आफनो पसलको विज्ञापन तथा ब्यपारीक प्रवद्धन राम्रो भई रहेको वताउछिन ।
पर्यटन प्रवद्र्धन ,खाना संस्कृतिको विकाससंगै लोपोन्मुख बन्दै आइरहेका स्वास्थयवद्र्धक खानाहरुका विषयमा नयाँ पुस्तालाई जागरण गराउदै जातिय परिकारहरुको संरक्षणका लागि महोत्सव आयोजना गरिएको र महोत्सवमा सास्कृतिक कार्यक्रमहरु समेत राखिएको इटहरी होटल तथा लज व्यवसायी समितिका अध्यक्ष महोत्सव संयोजक उमानाथ दाहाल उमेशले जानकारी दिए ।
कोरोनाकाल देखि सुस्ताएका होटल तथा अन्य व्यापार व्यवसायहरुलाई चलायमान वनाउन तथा पर्यटन प्रवद्र्धनमा जोड दिदै परम्पागत खाना महोत्सव सञ्चालन गरिएको आयोजक जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजवहादुर पुरी वताउछन ।
खानाहरुको संरक्षणका लागि यस क्षेत्रमा बसोवास गर्ने विभिन्न जातिका मानिसहरुका जातिय परिकारहरु समेत राखिएको महोत्सवमा सयपत्री इन्टरटेनमेटले वाल उद्यान लगायतका विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरु राखेर आगत्तुकहरुलाई आकर्षित गरिदै आएको छ ।
दोस्रो इटहरी परम्परागत खाना महोत्सवमा हाल सम्म १० हजार जनाले सहभागिता जनाइसकेको सयपत्री इन्टरटेनमेटका सञ्चालक कपिल गुरुगंले जानकारी दिए ।




















