इटहरी । शैक्षिक तथा अतिरिक्त कृयाकलपाका कारण पुर्व क्षेत्रमै नाम कमाएको सुनसरीको इटहरीमा रहेको विश्व आर्दश एकेडेमीले हरेक वर्ष झै यस वर्षपनि विद्यार्थीहरुको सहभागिता विश्व आर्दश एक्स्पो गरेको छ ।
विद्यार्थीहरुले सिकेका सैद्धान्तिक तथा व्यवहारिक ज्ञानलाई प्रयोगात्मक रुपमा उतारेर अभिभावकहरुको सहभागितामा प्रर्दशन गर्ने कार्यक्रम विश्व आर्दश एक्स्पो गरिएको हो ।
विश्व आर्दश एक्स्पोमा साना कक्षा देखि लिएर स्नातक तह सम्म अध्ययनरत विद्यार्थीहरुले वनाएका शैक्षिक , प्रविधि , पुराना परम्परागत प्रयोगका सामाग्री , घरायसी सामाग्री , घरेलु उद्योगका सामाग्रीहरु प्रर्दशन गरिएको विश्व आर्दश एकेडेमीका प्राचार्य गणेशकुमार दुलालले जानकारी दिए ।
विद्यार्थीहरुले शैक्षिक सामाग्री देखि लिएर वनाएका चार चक्के गाडी , प्राकृतिक सामाग्रीको प्रयोग गरिएको सावुन साथ विज्ञान प्रविधिका सामाग्रीहरु अभिभावकहरुले उचिपुर्ण रुपमा अवलोकन गरेका थिए । अभिभावकहरुले आफना छोराछोरीहरुले वनाएका सामाग्रीहरु देख्दा खुशी लागेको प्रतिक्रिया दिएका छन ।
प्रर्दशनीमा राखिएका सामानका विषयमा जानकारी दिदै विद्यार्थीले आफुहरुले सिकेका कुराहरु भोलीका दिनमा प्रयोगमा ल्याएर पनि देश भित्रै आम्दानी गर्न सकिने अवस्था रहेको वताएका छन ।
विद्यार्थीहरुले तयार पारेका सामाग्रीहरुको प्रदर्शनीको अवलोकन गर्दै इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले कतिपय अवस्थामा युवा विद्यार्थीहरुले विभिन्न जीवनोपयोगी सामाग्रीहरु वनाइ रहेपनि त्यसलाई प्रयोगमा ल्याउन कानुन वाधा रहेको तर्फ मध्यनजर गर्दै कानुनी वाध्यहरु हटाएर सहज वनाउनु पर्नेमा जोड दिए ।
हरेक वर्ष आयोजना गरिने शैक्षिक तथा व्यवहारिक प्रयोगात्मक अभ्यासको प्रर्दशनीले विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्न साथै विद्यार्थीहरुले वनाउने नयाँ प्रविधियुक्त सामाग्रीहरुलाई यही ब्राण्डीगं गर्न सके कमाउनका लागि विदेशीनु पर्ने वाध्यतामा कमी आउने अपेक्षा गर्न सकिन्छ ।




















