इटहरी । सुनसरीको इटहरीमा रहेको ब्लुमिंग किन्डरगार्डेन मन्टेश्वरी स्कुलको १६औं  अभिभावक दिवस विविद्य कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ ।

   इटहरी उपमहानगरपालिका वार्ड नम्बर ६  जुटविकास चोकमा रहेको ब्लुमिंग किन्डरगार्टेन मन्टेश्वरी स्कुलले इटहरी उपमहानगरपालिका युवा,खेलकुद तथा शिक्षा शाखा प्रमुख द्रोणप्रसाद दाहालको प्रमुख आथित्यमा अभिभावक दिवस मनाएको हो ।WhatsApp Image 2024-02-11 at 17.55.21 (1)

ब्लुमिगं किन्रगार्डेन स्कुलकी अध्यक्ष मञ्जु घिमीरेको  अध्यक्षतामा भएको कार्यक्रम विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने विद्यार्थीहरुको सहभागितामा मास्टर एण्ड मिस ब्लुमिंग २०८१ प्रतियोगिता समेत सम्पन्न गरियो ।WhatsApp Image 2024-02-11 at 17.55.20

जसमा सारस भण्डारीले मास्टर ब्लुमिंग र हर्षिका आचार्यले मिस ब्लुमिंग बन्न सफल भएको स्कुलकी प्रिन्सिपल स्मृति सापकोटा भट्टराईले जानकारी दिइन । त्यसैगरी मास्टर ब्लुमिंग तर्फ संस्कार भट्टराई, सौर्य भट्टराई र मिस ब्लुमिंग तर्फ पूर्णिमा मगर र कृति क्षेत्रीले क्रमशः प्रथम र द्वितीय रनरअको उपाधि हासिल गरेका थिए । कार्यक्रममा प्याब्सन इटहरीका कोषाध्यक्ष हेमन्त शर्मा भट्टराई , हरि आचार्य लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।