इटहरी । शैक्षिक तथा सामाजिक गतिविधिमा इटहरी क्षेत्रमा नाम कमाएको विश्व आर्दश सेकेण्डरी स्कुलले विविध कार्यक्रमको आयोजना गरि अभिभावक दिवस मनाएको छ ।

    विश्व आर्दश सेकेण्डरी स्कुलका अध्यक्ष लेखनाथ घिमीरेको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलको प्रमुख आथित्यमा अभिभावक दिवस मनाइएको हो ।

 अभिभावक दिवसका अवसरमा विश्व आर्दश कलेजका सञ्चालक उपेन्द्र मेहतालाई भौतिक शास्त्रमा विद्यावारिधी गरेकोमा प्रोत्साहन सहित सम्मान गरियो । अभिभावक दिवसका अवसरमा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरेका थिए ।IMG_20240211_105542

कार्यक्रमका प्रमुख अथिती पौडेलले शिक्षा र स्वास्थ्यको विकासलाई उपमहानगरपालिकाले पहिलो प्राथमिकतामा राखेको भन्दै विश्व आर्दश स्कुलले शैक्षिक तथा सामाजिक क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउदै आएको वताए ।

अभिभावक दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा स्कुलका गतिविधीहरुका विषयमा प्रधानाध्यापक गणेश कुमार दुलालले स्थापनाकालमा थोरै विद्यार्थी र भाडाको घरबाट सुरु गरिएकोमा अहिले आएर आफनै भवनबाट साथै स्कुल देखि कलेज सम्म गरेर ३२ सय विद्यार्थी अध्ययनरत रहेको जानकारी गराए ।IMG_20240211_105929

विश्व आर्दशले समयानुकुल प्रविधि मैत्री साथै साकोलोजीमा आधारित भएर पठनपाठन गर्दै आएको समेत सो अवसरमा जानकारी गराइयो । कार्यक्रममा नागरिक समाज इटहरीकी अध्यक्ष बालिका खड्का भट्टराई , नेपाल रेडक्रस सोसाइटी इटहरीका सभापति दिनेशकुमार भट्टराई,हिशान सुनसरीका अध्यक्ष सागर भट्टराई लगायतका अथितीहरुको सहभागिता रहेको थियो ।