इटहरी । शैक्षिक तथा अतिरिक्त क्रियाकपालका दृष्टीकोणले इटहरी क्षेत्रमै नाम कमाएको पाथिभरा सेकेण्डरी स्कुलले प्ले गु्रप देखि कक्षा १ सम्मका विद्यार्थीहरुको पठनपाठनका विषयवस्तु र प्रयोग गरिने सामाग्रीहरुको प्रर्दशनी आयोजना गरेको छ ।

     पाथिभरा सेकेण्डरी स्कुलले साना कक्षाका विद्यार्थीहरुको क्षमता प्रस्फुटन गराउने तथा विद्यालयले पठनपाठनका क्रममा प्रयोग गर्ने सामाग्रहरु समावेश गरेर प्रर्दशन गरिएको हो ।

विद्यार्थीहरुलाई सौद्धान्तिक ज्ञान सहित व्यवहारिक ज्ञान दिने उद्धेश्यले प्रयोग गरिने सिकाइ सामाग्री देखि लिएर घरायसी रुपमा प्रयोग गरिने पुराना प्रचलनका सामाग्रीहरु प्रर्दशनीमा राखिएका छन । त्यसै गरी विद्यार्थीहरुले सिकेर तयार पारिएका सामाग्रीहरु समेत प्रर्दशनीमा राखिएका छन ।WhatsApp Image 2024-02-09 at 17.05.23 (1)

समय अनुकुल विद्यार्थीहरुको सिकाइका लागि प्रविधियुक्त कक्षाहरु सञ्चालन गरिदै आएको साथै भौतिक पुर्वाधारहरु पनि विद्यार्थी अनुकुल बनाइएको विद्यालय सञ्चालक समितिका अध्यक्ष निर्मलकुमार रिजालले जानकारी दिए ।WhatsApp Image 2024-02-09 at 17.05.25

विद्यार्थीहरुलाई दक्ष जनशक्तीका रुपमा तयार पार्ने उद्धेश्यले शैक्षिक तथा अतिरिक्त क्रियाकलपाका माध्यमबाट वहुप्रतिभाशाली वनाउने गरि पठनपाठन गरिदै आएको र विद्यार्थीहरुले हासिल गरेको ज्ञान र सिपलाई अभिभावकहरुलाई प्रर्दशन गर्ने गरि साना कक्षाका विद्यार्थीहरुको सहभागितामा मण्टेश्वरी वर्कशक तथा प्रर्दशन राखिएको विद्यालयका प्रिन्सिपल डा.गोपाल श्रेष्ठ वताउछन ।WhatsApp Image 2024-02-09 at 17.05.23

पाठ्यपुस्तकको अध्ययन साथै प्रयोगात्मक र सिकाई गराउदै आएका कारण वालवालिकाहरुले धेरै कुराहरु सिकेको अभिभावकहरु वताउछन ।

इटहरीमा २०४८सालमा स्थापना भएर सञ्चालन हुदै आएको पाथिभरा सेकेण्डरी स्कुलमा हाल प्ले गु्रप देखि कक्षा १० सम्म ८सय वढी विद्यार्थीहरु अध्ययनरत रहेका छन ।