झुम्का । सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर २मा आयोजना गरिएको निशुल्क आँखा शिविरमा एक सय जना वढीले लाभ लिएका छन । जनचेतना युवा क्लवको आयोजना तथा रामधुनी नगरपालिका वडा नम्बर २को सहयोगमा आयोजना गरिएको आँखा शिविरमा एक सय ६ जनाले परिक्षण गराएका हुन ।
क्लवका अध्यक्ष राजकुमार चौधरीको अध्यक्षता तथा रामधुनी नगरपालिका वडा नम्वर २का वडाध्यक्ष रामनारायण चौधरीको प्रमुख आतिथ्यमा भएको निशुल्क आँखा शिविरमा नव दृष्टि आँखा अस्पताल इटहरीले प्राविधिक सहयोग पुर्याएको थियो । शंकर आधारभुत विद्यालय रामधुनी २मा आयोजना गरिएको आँखा शिविरमा परिक्षण गरिएका धेरै जसो जेष्ठ नागरिकहरुमा मोतियाविन्दु देखिएको जनाइएको छ । मोतियाविन्दु देखिएकाहरुलाई नव दृष्टि आँखा अस्पतालले निशुल्क अप्रेसनको व्यवस्था मिलाउने भएको छ ।




















