इटहरी । सुरक्षित इन्टरनेट दिवसको अवसर पारेर बाल यौन दुव्र्यवहार न्युनिकरणमा जोड दिदै भ्वाइस अफ चिल्ड्रेनको आयोजनामा सडक नाटक प्रस्तुत गरिएको  छ । सामुदायिक प्रहरी र इटहरी ४ समूदाय स्तरको बालक्लवको समन्वयमा इटहरी ४ स्थित कचना महादेव माध्यमिक बिद्यालय परिसरमा बिद्यालयका बिद्यार्थीहरुले सडक नाटक प्रस्तुत गरेका थिए ।IMG-20240206-WA0021 सामाजिक सञ्जालहरु फेसबुक, म्यासेन्जर, टिकटिक, युट्युब, भाइबर, ट्विटर, ह्वाट्सएप, ईमो, इन्स्टाग्राम, नेटफ्लिक्स, रेडिटलगायतका सामाजिक सञ्जाल प्रयोग गरी बालबालिकाको शारीरिक, मानसिक, शैक्षिक, नैतिक, सामाजिक विकास तथा अवस्थामा असर पर्ने क्रियाकलापहरु अनलाइनबाट कसरी हुने गर्छन र यसबाट कसरी सचेत बन्ने भन्ने बिषयमा सडक नाटक मन्चन गरिएकोIMG-20240206-WA0024 भ्वाइस अफ चिल्ड्रेनकी कार्यक्रम अधिकृत लिला भुजेलले जानकारी दिईन  । आशिका भुजेलको लेखन रहेको नाटकमा निकिता सुवेदि,यसोदा कोईराला,अनुक्ष्का भुजेल,गुडिया दास,मनिका परियार,खुसि बि.क,रेबन राई,कपिल बि.क र कृतिका गजमेरको अभिनय रहेको थियो । यस अघि  भ्वाइस अफ चिल्ड्रेनले  इटहरी उपमहानगरपालिका क्षेत्रका ३६ जना शिक्षकहरुलाई सहभागी गराएर अनलाईनबाट हुने बाल यौन दुव्र्यवहार न्युनिकरण सम्वन्धी कार्यशाला सुरु गरिएको थियो ।