काडमाडौ । संखुवासभाको भोटखोला क्षेत्रबाट आएर काठमाडौंमा बसोवास गर्दै आएका भोटेहरुको संस्था हिमालय भोटे समाजले लोसारको पुर्व सन्ध्यामा तिर हान्ने प्रतियोगिता सम्पन्न गरेको छ ।
२१५१लोसारको अवसर पारेर हिमालय भोटे समाजले आयोजना गरेको तिर हान्ने प्रतियोगितामा प्रथम थाङमुछी विकास समाज प्रथम भएको हो । त्यसै गरी दोस्रो पाङदोक मिङो ङा ए दोस्रो र किमाथांका ए तेस्रो र हटिया चौथो बन्न सफल भए । संखुवासभामा मनाइने परम्परागत सास्कृतिक कार्यक्रमको संरक्षणमा जोड दिदै तिर हान्ने प्रतियोगिता आयोजना गरिएको हिमालय भोटे समाजका अध्यक्ष जम्लिङ भोटेले जानकारी दिए ,।
हिमालय भोटे समाज काठमाडौमा आएर विभिन्न पेशा व्यवसाय अपनाएर वस्दै आएका भोटखोला क्षेत्रका भोटेको संस्थाकी सचिव याङजेन भोटेले वताइन । उनले आफनो जातिलाई एकतावद्ध गर्दै जातिय कला ,संस्कृति परम्परा ,चलनलाई संरक्षण गर्दै युवापुस्ताहरुलाई समेत जागरुप वनाउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी दिइन ।
हिमालय भोटे समाज विक्रम संवत २०६०सालमा दर्ता भएर जातिय हक अधिकार साथै कला संस्कृतिको संरक्षणका लागि विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आएको ।




















