इटहरी । स्थानीय सरकारको काम कर्तब्य ,अधिकार र चुनौतीहरुका विषयमा विद्यार्थीहरुलाई जानकारी गराउने उद्धेश्यले सुनसरीको इटहरीमा रहेको इटहरी नमुना कलेजले अन्तरक्रियाको आयोजना गरेको छ ।
इटहरी नमुना कलेजमा कक्षा १२मा अध्ययनरत विद्यार्थीहरुको सहभागितामा स्थानीय सरकारको काम कर्तव्य र अधिकार सम्वन्धी विषयमा उपमहानगरपालिकासंग अन्तरक्रिया गरेको हो ।
कलेजका प्राचार्य धर्म न्यौपानेको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका प्रवक्ता दिवस पोखरेलको प्रमुख आथित्य रहेको अन्तरक्रियामा विद्यार्थीहरुले स्थानीय सरकारले गर्ने मानवीय तथा भौतिक विकास क्षेत्र सहित प्रशासनीक काम लगायतका विषयमा प्रश्न राखेका थिए ।
सो क्रममा उपमहानगरपालिका प्रवक्ता पोखरेलले विद्यार्थीहरुका जिज्ञासाहरुको जवाफ दिएका थिए । सो क्रममा विद्यार्थीहरुलाई प्रवक्ता पोखरेलले सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षाका लागि स्थानीय सरकारले गर्ने कामहरुले महत्पुर्ण भुमिका खेल्ने समेतर विद्यार्थीहरु जानकारी गराएको कलेजका अध्यापक बाबुराम खड्काले जानकारी दिए ।
उक्त विषय कक्षा १२ को सामाजिक अध्ययन तथा जिवनोपयोगि शिक्षा नामक विषयमा अध्यापन गराउने गरिन्छ। अन्तरक्रिया कार्यक्रममा २सय वढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।




















