मोरगं  । युवा विद्यार्थीमा  राष्ट्रिय एकताको भावना जागृत गराउने तथा  नेतृत्व क्षमता विकास गरी असल नागरिक वनाउने उद्धेश्यले नेपाली सेनाले विद्यार्थीहरुका लागि सञ्चालन गर्दै आएको राष्ट्रिय सेवा दल जुनियर तर्फ सि.सं.४९को दीक्षान्त समारोह सम्पन्न गरिएको छ ।  

   नेपाली सेनाको राष्ट्रिय सेवा दल पुर्वी तालिम शिक्षालय याङ्गसिला ब्यारेकमा विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको सि.सं४९को दीक्षान्त समारोह सम्पन्न गरिएको हो ।

 कोशी प्रदेशका मोरङ्ग,पाँचथर , संखुवासभा ,ओखलढुङ्गा, खोटाङ्ग र उदयपुर , मधेश प्रदेशका सिराह ,महोत्तरी ,धनुषा ,सर्लाही ,रौतटह र बाग्मती प्रदेशका सिन्धुली गरी जम्मा १२वटा जिल्लाका १५ विद्यालयका ५सय ४० जना विद्यार्थीहरुको सहभागितामा दीक्षान्त समारोह सम्पन्न गरियो ।WhatsApp Image 2024-02-04 at 17.45.04

नेपाली सेनाको पुर्वी पृतनापति उपरथी आशबहादुर तामाङ्गको प्रमुख आथित्यमा दीक्षान्त समारोह सम्पन्न गरियो । राष्ट्रिय सेवा दल द्धारा शिक्षा मन्त्रालयको  समन्वयमा विद्यालय तथा विद्यार्थी छनौट गरप्ी १सय दिने तालिम सञ्चालन गरिदै आएको छ ।vlcsnap-2024-02-04-17h47m07s060

   विद्यार्थीहरुको अध्ययनमा समस्या नहोस भनेर दुई चरणमा तालिम आयोजना गर्ने गरिन्छ । पहिलो चरणमा ७९दिन आफनो विद्यालयमा तालिम दिने र दोस्रो चरणमा २१ दिन वार्षिक सामुहिक क्याम्प गरी गर्ने गरिन्छ ।

यस क्रममा ड्रिल,खुकुरी , तेक्वान्दो ,एरोबिक्स ,साधारण सैनिक ज्ञान ,प्रदान गर्ने गरिएको जानकारी गराइयो । यस पटकको तालिममा खोटाङ्गको त्रिभुवन मावि ऐसेलुखर्ककी छात्रा स्पन्दना राई प्रथम हुन सफल भई भने पशुपति आवासिय मावि मोरङ्गका छात्र प्रमन कार्की प्रथम हुन सफल भएको र पशुपति आवासिय मावि मोरङ्गकै छात्रा आरती दाहाल मोडल बृफिङ्ग तर्फ सर्वोकृष्ट , सगरमाथा इङ्गलिस बोर्डिङ्ग स्कुल उदयपुरकी छात्रा आस्था श्रेष्ठ बेस्ट स्पिकर र मनकामना रत्न अम्बिका मावि संखुवासभा बेस्ट प्लाटुन भई प्रथम विद्यालयमा बन्न सफल भएको जानकारी गराइयो ।vlcsnap-2024-02-04-16h15m41s009

कार्यक्रममा सहाभागी विद्यालयहरुमा प्रमाणपत्र वितरण गरिएको थियो । यसै विच  नेपाली सेनाको श्री कृष्णदल गण सुनसरीको समन्वयमा सुनसरीको वराहक्षेत्रको महेन्द्र मावि , इटहरीमा रहेको जनता मवि र धरानमा रहेको पव्लीक हाइस्कुल गरी तीन विद्यालयका एक सय सात जना विद्यार्थीहरुलाई एनसिसी सिनियर डिभिजन तालिम गराइरहेको नेपाली सेनाको कृष्ण दलका गणपति प्रमुख सेनानी  अमित लामाले जानकारी गराए ।

दीक्षान्त समारोहमा तालिममा सहभागी विद्यार्थीहरुले दीक्षान्त कवाज सहित ड्रिल,खुकुरी ड्रिल लगायतका कला कौशल प्रर्दशन गरेका थिए ।