इटहरी । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान सुनसरीको आयोजनामा सञ्चालन भई रहेको १०औं हिसान स्पोट मिट सम्पन्न भएको छ ।
विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरि हिसान स्पोट मिट सम्पन्न भएको हो ।
हिसान सुनसरीले विगत १० वर्ष देखि उच्च माध्यमिक तथा माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुको सहभागितामा खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको छ । हरेक वर्ष माघ महिना पारेर सञ्चालन हुने हिसान स्पोर्ट मिट यस वर्ष पनि हिसान अन्तर्गत रहेका माध्यमिक विद्यालयका विद्यार्थीहरुले विभिन्न खेलकुदमा सहभागिता जनाएका थिए ।
हिसान स्पोट मिट नाम दिएको खेलकुद कार्यक्रम अन्तर्गत फुटबल, क्रिकेट, बास्केटबल, भलिवल , टेवुलटेनिस , व्याडमिन्टन , एथलेटिक्स , हाजिरी जवाफ , नृत्य लगायतका विधामा विद्यार्थीहरुको प्रतिस्पर्धा गराइएको थियो । यही माघ १४ गतेबाट सुरु भएको प्रतियोगिता अन्तरगत समापनका दिन नृत्यकला प्रतियोगिता सहित समापन गरिएको हो ।
हिसान सुनसरीका अध्यक्ष सागर भट्टराईको अध्यक्षता तथा हिसान केन्द्रीय उपाध्यक्ष युवराज शर्माको प्रमुख आथित्यमा भएको समापन कार्यक्रमको अवसर पारेर हिसान शैक्षिक पत्रकारिता पुरस्कारबाट कान्तिपुर दैनिक इटहरीका अर्जुन सुवेदी , गोरखा पत्र दैनिकका इनरुवा समाचारदाता जयकृष्ण यादव र ब्लाष्ट टाइम्स दैनिकका भोजराज श्रेष्ठलाई जनही नगद १०,१० हजार सहित सम्मान गरिएको छ । त्यसै गरी हिसान स्पोट मिट सफल बनाउन महत्वपुर्ण योगदान पुर्याएको भन्दै विभिन्न कार्यक्रमका संयोजकहरुलाई समेत सम्मान गरेको थियो ।
यसैबिच हिसान सुनसरीको लोक नृत्य प्रतियोगितामा धरान आदर्श उच्च माबि प्रथम भएको छ । इटहरीस्थित कस्तुरी एकेडेमीमा भएको थारु लोक नृत्य प्रतियोगितामा धरान आदर्शले सहभागी बिद्यालयलाई पछी पार्दै प्रथम भएको हो । यस्तै इटहरी नमुना स्कुल दोस्रो भएको छ भने कस्तुरी कलेज तेस्रो हुदा कोशी सेन्टजेम्स इटहरीले सान्तवना स्थान हासिल गरेको छ । समापन कार्यक्रममा हिसान केन्द्रय सल्लाहकार लेखनाथ घिमीरे ,केन्द्रीय सदस्य मुकुन्द घिमीरे ,बलराम पन्त लगायतका अथितीहरुको सहभागिता रहेको थियो ।




















