इटहरी । मानवीय सेवाका क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था नेपाल रेडक्रस सोसाईटीको विद्यान समायानुकुल बनाउनु पर्ने आवश्यकतालाई मध्यनजर गर्दै प्रदेश स्तरीय संयुक्त विद्यान संशोधन सुझाव कार्यशाला सुरु गरिएको छ ।

   रेडक्रसको विद्यान संशोधनका विषय केन्द्रित सुझाव संकलनका कार्यशाला सुनसरीको इटहरीमा पनि कोशी प्रदेश र मधेश प्रदेको सहभागितामा सुरु गरिएको छ ।WhatsApp Image 2024-02-03 at 17.18.45

  दुई दिन सम्म सञ्चालन हुने विद्यान संशोधन कार्यशालामा कोशी प्रदेश र मधेश प्रदेशका जिल्ला सभापति ,उपसभापति , महामन्त्री ,मन्त्री लगायत ५० जनाको सहभागिता रहेको छ । विद्यान संशोधन सुझाव समिति संयोजक तथा उपमहामन्त्री मनोजकुमार थापाको अध्यक्षता तथा केन्द्रीय सभापति प्रा. सुर्दशन प्रसाद नेपालको प्रमुख आथित्य रहेको थियो । सुझाव संकलन कार्यशालामा रेडक्रसका उपसभापति राधा नेपाल , महामन्त्री भुपीलाल श्रेष्ठ लगायतको समेत सहभागिता रहेको छ । कार्यशाला आइतबार सम्म चल्ने छ ।