इटहरी । सुनसरीको इटहरीमा आयोजित खुला नगर स्तरीय फुटसल प्रतियोगिताको उपाधी स्पोट एरिनाले हात पारेको छ ।
युवा क्लव इटहरी ५ पचरुखीको आयोजनामा सञ्चालन भई रहेको खुला नगर स्तरीय फुटसलको फाईन खेलमा स्पोट एरिनाले पाथिपरा एफ सी लाई हराउदै ३५केजीको खसी सहितको पुरस्कार हात पारेको हो ।
प्रतियोगितामा प्रथम हुने स्पोट एरिनाले ३५केजीको खसी सहित ट्रफि , प्रमाण पत्र हात पारेको छ भने दोस्रो हुने पाथिभरा एफसीले २५ केजी कुखुरा ,ट्रफि र प्रमाण पत्रमा चित्त बुझाएको छ । यही माघ १८ गतेबाट सुरु भएको प्रतियोगितामा इटहरी क्षेत्रका १६वटा फुटसल टिमको सहभागिता रहेको थियो ।
खेलको माध्यमबाट युवाहरुलाई समाजिक अन्तरघुलन सहित सामाजिक कार्यमा अग्रसर वनाउने उद्धेश्यले आयोजना गरिएको फुटसल प्रतियोगिताको समापन इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक टेकवहादुर कार्कीको प्रमुख आथित्यमा भएको थियो । युवा क्लव इटहरीका अध्यक्ष सिद्धार्थ तामाङको अध्यक्षतामा भउको समापन कार्यक्रममा लोकतान्त्रिक जनजाति महासंघ इटहरीका सभापति जिवन राई , नेपाली काँग्रेस इटहरी वडा नम्बर १७का सभापति महेन्द्रभक्त राई , तरुण दलका नेत पर्वत राई लगायतका अथितीहरुको सहभागिता रहेको थियो ।




















