इटहरी । बढ्दो सामाजिक सञ्जालको प्रयोगले विश्वमै विभिन्न खाले तरगंहरु पैदा गरिरहेका छन । सामाजिक सञ्जालले पार्ने राम्रा तथा नराम्रा पाटाहरुका विषयमा जानेर होस यात नजानेर नै किन नहोस प्रयोगकर्ताको संख्या दिनप्रतिदिन बढी रहेको छ ।

समाजमा सामाजिक सञ्जालले सकारात्मक साथै नकारात्मक प्रभाव फैलाई रहेको छ त्यसैलाई मध्यनजर गर्दै सामाजिक सञ्जालको सही प्रयोगमा जोड दिन संदेशमुलक छोटो चलचित्र मुग्रा एण्ड जुलेट निर्माण गरिने भएको छ ।

    लामो समयमा देखि  इटहरीलाई कार्यक्षेत्र बनाएर लेखन ,निर्देशन, गायन , नृत्य साथै अभिनय समेत गर्दै आएका कलाकार तुलसी घिमीरेको मुख्य भुमिका रहने मुग्रा एण्ड जुलेट सरोज केसीको लेखन तथा निर्देशनमा बन्ने भएको हो ।

   पछिल्लो समयमा छोटो चलचित्र निर्माण गर्ने क्रम वढी रहेको समयमा मुग्रा एण्ड जुलेटलाई भने वहुप्रतिक्षीत छोटो चलचित्रका रुपमा हेरिएको छ । नयाँ प्रविधि र मानव विचको सम्वन्ध त्यसले समाजमा पारिरहेको राम्रो तथा नराम्रो प्रभावलाई कलात्मक रुपमा प्रस्तुत गरिने भएका कारण पनि  धेरैले यस चलचित्रलाई  रुचाउने कलाकार घिमीरे वताउछन । छोटो चलचित्र भएपनि सामाजिक सञ्जालको प्रयोगसंगै युवाहरुको बदलिएको चाहनाहरु व्यक्त गर्दै स्थानीय सरकार र युवाहरुविच बढ्दै गएको दुरीका कुराहरु पनि देख्न यस चलचित्रमा देख्न पाइने घिमीरेले जानकारी गराए ।vlcsnap-2024-02-03-15h34m55s139 2

    पुर्वका विभिन्न ठाउँहरुमा छायाँकन गरिने मुग्रा एण्ड जुलेटको पोष्ट प्रोडक्सन कोशी भिजन र सिनेमा वारियरसंगै आर्ट डारेक्टर वरिष्ठ मूर्तिकार मेघराज अशेष तिम्सिनाको रहने छ । पछिल्लो समयका सफल लेखकका रुपमा चिनिदै आएका सरोज केसीको लेखन तथा निर्देशन रहेको मुग्रा एण्ड जुलेटको पोष्टर एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिने निर्देशक केसीले जानकारी दिएका छन  ।

 इटहरीमा पत्रकार सम्मेलन गरि मुग्रा एण्ड जुलेट टिमको सहभागितामा पोष्टर सार्वजनिक गरिने जनाइयो । मुग्रा एण्ड जुलेटमा मुख्य भुमिकामा देखिने तुलसी घिमीरेले दुई दशक देखि इटहरीमा रहेर  विभिन्न सिरियल , सडक नाटक , लेखन निर्देशन गर्दै आएका छन । कुशल नृत्य निर्देशकको समेत पहिचान वनाएका घिमीरेले चलेको चलन ,खबरदार , दोषी को हो जस्ता हाँस्य टेलिफिल्महरुको लेखन निर्देशन  अभियन समेत गरिसकेछन । कमेडी कलाकारको समेत पहिचान वनाएका घिमीरे पुर्व क्षेत्रमा हुने स्टेज कार्यक्रमहरुमा आफना प्रस्तुतिहरुले दर्शक श्रोताहरुको मन जित्न सफल हुदै आएका छन । हास्य तथा गायन विद्यामा समेत लोकप्रियमा हासिल गरिरहेका घिमीरेले मुग्रा एण्ड जुलेटमा मुख्य कलाकारका भुमिका निभाउन पाउदा आफुलाई अझै कलाक्षेत्रमा केही गर्ने जिम्मेवारी बढेको महशुस भएको वताउछन  ।