इटहरी । तरहरा जेसिजले पहिलो पटक महिला अध्यक्ष पाएको छ ।
तरहरा जेसिजको वर्ष २०२३को चौथो साधारणसभा तथा २६औं शाखा अधिवेशनले वर्ष २०२४का लागि रिता भुसाललाई अध्यक्षमा चयन गरेसंगै पहिलो पटक महिला अध्यक्ष पाएको हो ।
सन् १९९७ मा स्थापित तरहरा जेसिजमा इतिहास रच्दै रिता भुसाल पहिलो महिला अध्यक्ष सर्वसम्मतले बन्न सफल भएकी छन ।
वुधवार सम्पन्न तरहरा जेसिजको वर्ष २०२३को चौथो साधारणसभा तथा २६औं शाखा अधिवेशनबाट तरहरा जेसीज वर्ष २०२३का अध्यक्ष जेसी बहादुर तामाङ बिदाइ गर्दै रिता भुसालको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति निर्वाचित भएको निर्वाचन आयुक्त जेसी सन्तोष रेग्मीले जानकारी दिए । वर्ष २०२४लाई चयन भएकी अध्यक्ष भुसालले महिला अध्यक्ष मात्र नभएर हरेक कोणबाट एउटा ऐतिहासिक वर्षको रुपमा सफल बनाउने लागि पर्ने प्रतिवद्धता नव निर्वाचित अध्यक्ष भुसालले गरिन । तरहरा जेसिजको वर्ष २०२४का लागि कार्यकारी उपाध्यक्षमा मदन बस्नेत ,सुरज तामागं र सुमन रेग्मी उपाध्यक्षहरुमा गोविन्द घिमीरे ,किरण शाह , सोनिया बस्नेत सचिवमा सन्जना पण्डित र जनसम्पर्क अधिकारीमा सुजित कर्ण चयन भएका छन । नयाँ कार्य समितिले निकष्ट भविष्यमै एक कार्यक्रमको आयोजना गरी पदस्थापना गरिने जनाइएको छ ।




















