इटहरी । अनलाइनका माध्यमबाट हुने बाल यौन दुव्र्यवहार न्युनिकरणमा जोड दिदै सुनसरीको इटहरीमा विद्यालयका शिक्षकहरुलाई लक्षित गरि दुई दिने कार्यशाला सुरु गरिएको छ ।
भ्वाइस अफ चिल्ड्रेनको आयोजनामा इटहरी उपमहानगरपालिका क्षेत्रका ३६ जना शिक्षकहरुलाई सहभागी गराएर अनलाईनबाट हुने बाल यौन दुव्र्यवहार न्युनिकरण सम्वन्धी कार्यशाला सुरु गरिएको हो । कार्यशाला अन्तरगत पहिलो दिन माध्यमिक विद्यालयका आइटी सम्वन्धी फोकल शिक्षकहरुको सहभागितामा अनलाईनबाट हुने वाल यौन दुव्र्यवहार न्युनिकरणका विषयमा सहजिकरण गरियो ।
कार्यक्रममा भ्वाइस अफ चिल्ड्रेनका कोर्डिनेटर गोविन्द कोइरालाले सहजिकरण गरिरहेका छन । कार्यशाला अन्तरगत दोस्रो दिन इटहरी क्षेत्रका आधारभुत विद्यालयका शिक्षकहरुको सहभागितामा अनलाइनबाट हुने वाल यौन दुव्र्यवहार न्युनिकरणका विषयमा कार्यशाला सञ्चालन गरिने जनाइयो। कार्यशालाको उदघाटन कार्यक्रममा भ्वाइस अफ चिल्डेनका प्रमुख भरत थापा , कार्यक्रम अधिकृत लिला भुजेल ,परियोजना सहायक प्रकास परियार लगायतको समेत सहभागिता रहेको थियो ।




















