इटहरी । ग्रामिण उद्यम तथा विप्रेषण आयोजनाले सरोकारवालाहरुको सहभागितामा आपुर्ति श्रृंखला वृत्त पहुँचका लागि कृषि विकास वैंकसंग कोशी प्रदेश स्तरीय वहुसरोकारवाला गोष्ठी सम्पन्न गरेको छ ।
सुनसरी , मोरगं र उदयपुरका कृषि विकास वैंकका शाखा अधिकृत ,कृषि विकास वैंक कृषि कर्जा विभाग प्रमुख ,कृषक तथा व्यापारीहरुको सहभागितामा गोेष्ठी सम्पन्न गरिएको हो ।
समृद्धि आयोजनाले कृषकहरुको क्षमता अभिवृद्धि गरी आय आर्जनमा सहयोग पुर्याउदै आएको सो अवसरमा जानकारी गराइयो । समृद्धि आयोजनाले हाल सम्म ३हजार १सय ६जनालाई वृत्तीय सेवामा पुहँच पुराएको ,सहकारी क्षमता विकासमा २सय २१जनालाई पुरयाउन सफल भएको साथै ११हजार घरधुरीलाई आपुर्ति श्रृंखला अन्तरग दुध ,माछा, तरकारी ,जडीवुटी , बाख्रा पालन समुह सञ्चालन गरेर लावान्भीत वनाएको ग्रामिण वृत्त संयोजक इन्दिरा श्रेष्ठले जानकारी दिइन ।
सुनसरी , मोरगं र उदयपुरका कृषि विकास वैंकका शाखा अधिकृत , कृषि कर्जा विभाग प्रमुख , कृषक , व्यापारी ६० जनाको सहभागिता रहेका गोष्ठीमा इन्दिरा श्रेष्ठ र विज्ञान आपुर्ति श्रृंखला शाखाका लोकेन्द्र रावलले सहजिकरण गरेका थिए । कार्यक्रममा समृद्धि आयोजनाका प्रमुख सरोज गुरागाई ,प्रशासन प्रमुख राजेन्द्र ओझा लगायतका अथितीहरुको सहभागिता रहेको थियो ।




















