इटहरी । सवारी साधन चोरी हुने क्रम वढी रहेको समयमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले विभिन्न सवारी साधनहरु नियन्त्रणमा लिएर सम्वन्धित सवारी धनीलाई हस्तान्तरण गर्न थालेको छ ।

   चोरीका सवारी नियन्त्रणका लागि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले भिएसयु शाखा स्थापना गरी नियन्त्रणमा लिएका पहिचान खुलेको सवारीहरु सवारी धनीलाई हस्तान्तरण गर्न थालेको हो ।

गत पुस १९ गतेबाट भिएसयु शाखा स्थापना गरे चोरीका सवारी नियन्त्रणमा लिने अभियान सुरु गरेको  ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले नियन्त्रणमा लिएका १० मोटर साईकल र २ चार पाङग्रे मध्ये ५वटा सवारी धनी पहिचान भएका मोटरसाईकल सवारी धनीलाई हस्तान्तरण गरियो ।

सवारी चोरी नियन्त्रण अभियान सुरु गरेको ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले चोरीका दर्ता नभएका सवारीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेर पहिचान खुलेकाहरु सम्वन्धित सवारी धनीलाई वुझाइएको ट्राफिक प्रहरी उपरीक्षक सरोज पौडेलले जानकारी दिए ।WhatsApp Image 2024-01-31 at 17.04.38

उनले दर्ता नगरी सञ्चालन गरिएको सवारी पुन ः दर्ता गरेर चलाउन चाहे सम्वन्धित व्यक्तिलाई हस्तान्तरण गरिने नभएर राजस्व कार्यालयलाई वुझाउने दिए ।

सवारी चोरीका घटनाहरु वढी रहेको समयमा सुनसरी ,मोरगं र झापा जिल्लामा भिएसयु अन्तरगत एक एक जना र कोशी प्रदेश भरी २ जना गरी सवारी खोज तलासका लागि  ५ जना परिचालन गरिएको थियो ।

चोरी सवारी नियन्त्रण अभियानमा सहभागी ट्राफिक प्रहरी सहयाक निरीक्षक रत्न दनुवारले कार्यालयले तोके अनुसार काम गरेको वताए । ट्राफिकले चोरीका तथा दर्ता नगरेर चलाएका सवारीहरु विशेष सुराकीका आधारमा पक्राउ गरी अनुसन्धान गरि रहेको पत्रकार सम्मेलन गरि जनाएको हो ।