इटहरी ।  शहिद दिवशको अवसरमा इटहरी लेडि जेसिजले विद्यार्थीसगँ शहिदको सपना र हाम्रो वर्तमान विमर्श कार्यक्रम सम्पन्न भएको छ ।

कस्तुरी कलेजको सभाहलमा गरिएको कार्यक्रममा वत्ताहरु  मनु मञ्जिल, मोहन तिमसिना र डा. तारा काफ्लेले कसरी हामीले युवा पुस्ताहरुलाइ देश र पे्रमको भावना अभिवृद्धि गर्न सक्छौ , साथै, युवा पुस्ताहरुलाई विर भनेर विश्व सामु चिनिएको नेपालि आवाज अहिले किन आफ्नो सामु मिच्दा पनि बोल्न सक्दैनन् र कसरी बहुसंख्यक नेपालीहरुको हित हुन नसक्ला र  शहिदहरुको सपनाले कसरी सार्थकता पाउला भन्ने विषयमा वत्ताहरुले प्रस्ट पारेका थिए भने प्रस्तोता भेषजा काफ्लेले गरेकि थिइन ।IMG_20240130_100007

कार्यक्रममा देशका लागी शहिद भएकाहरुलेको महत्व र शहिदहरुको सपनालाई कसरी पुरा गर्न सकिन्छ भनेर विद्यार्थीहरु संगको कार्यक्रम आयोजना गरेको इटहरी लेडि जेसिजकि अध्यक्ष इन्दिरा काफ्लेले बताइन ।IMG_20240130_094313

इटहरी लेडि जेसिजकि अध्यक्ष इन्दिरा काफ्लको अध्यक्षतामा भएको कार्यक्रममा  नागरिक समाजका पुर्व अध्यक्ष राजु के सी, कस्तुरी कलेजका प्राचार्य कमलेश शर्मा पौडेल इटहरी लेडि जेसिजकि पुर्व अध्यक्ष उर्मिला कट्वालको विद्यार्थी लगायतको सहभागिता रहेको थियो । आतिथ्यता रहेको थियो ।