इटहरी । शहिद दिवशको अवसर पारेर नेपाली काँग्रेस इटहरी उपमहानगर समितिले बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
इटहरीका विभिन्न सघं सस्थामा आवद्ध सामाजिक व्यत्तित्वहरुले गरेको रक्तदानमा ६३ प्रिन्ट रगत संकलन भएको छ ।
शहिद दिवश तथा समुदायमा काँग्रेस भन्ने कार्यक्रम अन्तर्गत पहिलो कार्यक्रमको आयोजना गरिएको र अहिले अस्पतालहरुमा रगत अभाव भएकाले बिरामिहरुको रगतका कारण ज्यान तर्फ मध्यनजर गर्दै रक्तदान गरिएको नेपाली काँग्रेस इटहरी नगर उपसभापति तथा कार्यक्रम सम्योजक कोविदजगं कार्कीले बताए ।
समुदायमा काँग्रेस कार्यक्रम अन्तर्गत इटहरीका विभिन्न वडाहरुमा सरसफाइ, रक्तदानका सथै श्रमदान लगाएतका कार्यक्रमको आयोजना गरिएको नगरसचिव विक्रम घिमिरेले जानकारी दिए । 
इटहरी नगरपालिका अगाडि भएको कार्यक्रममा नेपाली काँग्रेस इटहरी नगर सभापति तथा नगर प्रमुख हेमकर्ण पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा कोशी प्रदेश सासंद प्रदिप कुमार सुनुवारको प्रमुख आतिथ्यता रहेको थियो रहेको कार्यक्रममा नेपाली काँग्रेसका प्रदेश माहामन्त्री प्रमिला गच्छदार, प्रदेश सदस्य सिजन गुरुङ, दिपक ढुङ्गना, पुर्व सभापति फुलराज सुवेदी, विरेन्द्र कार्की लगाएतका अतिथिहरुको सहभागिता रहेको थियो ।




















