इटहरी । नेपाल यातायात मजदुर संघ इटहरी उपमहानगरपालिका समितिले लामो समय देखि यातायातका क्षेत्रका काम गर्दै आएका मजदुरहरुलाई सम्मान गरेको छ ।

     लामो समय देखि यातायात क्षेत्रमा आवद्ध रही यातायात व्यवसायीहरुलाई बुकिगं कर्मचारीका रुपमा ब्यवस्थापन गर्न सहयोग गरेको भन्दै १० जना लाई  सम्मान गरिएको हो ।

   नेपाल यातायात मजदुर संघ इटहरीका अध्यक्ष दिनेश प्रधानको अध्यक्षता तथा ट्रेड युनियन काँग्रेसका केन्द्रीय उपाध्यक्ष ज्योति कोइरालाको प्रमुख आथित्यमा भएको सम्मान कार्यक्रममा लामो समय देखि यातायातको क्षेत्रमा रही मजदुरहरु क्षेत्रमा सहयोग पुर्याएको भन्दै पुर्ण प्रधान , पर्शुराम दुलाल , हरि थापा ,कृष्ण सुब्बा,दिलिप राई,पासाङ तामाङ,बम श्रेष्ठ,सुरेन्द्र प्याकुरेल,दिपक राई,निरञ्जन थापालाई सम्मान गरिएको छ ।WhatsApp Image 2024-01-24 at 11.52.36 (1)

 सुन्दरहरैचाको हसिना सिमसार क्षेत्रमा बनभोज कार्यक्रम सहित नेपाल यातायात मजदुर संघ इटहरी आयोजना गरेको सम्मान कार्यक्रममा इटहरी उपमहानगरपालिका प्रवक्ता तथा वडा नम्बर ६का वडाध्यक्ष दिवस पोखरेल , जनता वहुमुखी क्याम्पस इटहरीको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष विकास केसी लगायतका अथितीहरुको सहभागिता रहेको थियो ।