इटहरी । धर्मले समाज र मानव जातिको विकासलाई अघि वढाउन सहयोग पुर्याउनु पर्नेमा सुनसरीको इटहरीमा आयोजित एक कार्यक्रमका अथिती वक्ताहरुले जोड दिएका छन । एसडी ए चर्च कोशी प्रदेशले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागी अथिती वक्ताहरुले जुनसुकै धर्मले पनि समाज र मानव जातीको विकासलाई अघि वढाउनु पर्नेमा जोड दिएका हुन ।
एसडी ए चर्चका अध्यक्ष सिलास दिन दियालको अध्यक्षता तथा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष घनेन्द्र बस्नेतको प्रमुख आथित्यमा अन्तरक्रिया आयोजना गरिएको थियो । सो अन्तरक्रिया कार्यक्रमका प्रमुख अथिती नेकपा एसका केन्द्रीय उपाध्यक्ष घनेन्द्र बस्नेतले जुनसुकै धर्मले समाज र मानव जातिलाई अघि वढाएर विकसित वनाउनु पर्नेमा जोड दिए । कुनै धर्ममा रहेका राम्रा पक्षलाई धर्म फरक भएकाले अस्वीकार गर्ने तथा आफुले मान्दै आएको धर्ममा रहेका रुढीवादी र कतिपय पछौटे पक्षलाई समय सापेक्ष वनाउनु पर्नेमा समेत बस्नेतले वताए । कार्यक्रमको अध्यक्षता समेत गरिरहेका सिलास दिन दियालले धर्म र राजनिती परिपुरक भएर अगाडि बढ्दा विकास ,समृद्धि सहित देशलाई गन्तव्यमा पुर्याउन सकिने वताए । कार्यक्रमका अन्य वक्ताहरुले समेत धर्मका नाममा समाज विभाजित हुननहुनेमा जोड दिएका थिए । कार्यक्रममा नेकपा एसका केन्द्रीय सदस्य केशव कुमार विष्ट लगायतका अथिीतहरुले वोलेका सो चर्चका कोशी प्रदेश समितिका महासचिव राजेश भण्डारीले जानकारी दिए ।























