झुम्का  । विगत लामो समय देखि सरकारी तथा ऐलानी जग्गामा बसोवास गर्दै आएका सुकुम्वासी भुमिहिन दलित तथा अव्यवस्थित बसोवासीलाई सुनसरीको रामधुनी नगरपालिकाका वडा नम्बर २ ले निस्सा प्रदान गर्ने कार्यको थालनी गरेको छ ।

    पहिचान भएका र जग्गा प्राप्ती लागि निवेदन दिएका रामधुनी नगरपालिका  वडा नम्बर २ का सुकुम्वासी तथा भुमिहिन दलित तथा अव्यवस्थित बसोवासीलाई जग्गा उपलव्ध गराउने नीति अनुसार रामधुनी नगरपालिका वडा नम्बर २ मा पहिलो पटक निस्सा वितरण गरिएको हो ।

   रामधुनी नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष रामनारायण चौधरी कार्यपालिका सदस्य शुशिला ढुंगाना लगायतले निवेदन दिएर दर्ता तथा नाप नक्सा भएका सुकुम्बासी तथा भुमिहिनहरुलाई निस्सा वितरण कार्य सुरुवात गरेका हुन ।

रामधुनी नगरपालिकाको वडा नम्बर २का २२वटा टोलहरुमा ४सय ८३जना निवेदन दर्ता भएर जग्गा नाप नक्सा भई सकेकाहरु रहेका छन । तिनीहरुलाई क्रमशः निस्सा वितरण गरिने सो अवसरमा वडाध्यक्ष चौधरीले जानकारी गराए ।WhatsApp Image 2024-01-21 at 17.09.51

वडाध्यक्ष चौधरीले विगत लामो समय देखि वसोवास गर्दै आएकाहरु सुकुम्वासी भुमिहीनहरुको निवेदन दर्ता नाप नक्सा भई राष्ट्रिय भुमि आयोगले निस्सा उपलव्ध गराउन उपयुक्त ठहरभएकाहरुलाई निस्सा वितराण् गरिएको समेत वताए ।

निस्सा प्राप्त गर्दै भिमनारायण चौधरीले लामो समयको प्रतिक्षापछि निस्सा प्राप्त गरे पछी हर्सित भएका छन ।

  निस्सा वितरण कार्य सुरु भएको र निवेदन दिएर दर्ता भएको निस्सा पाउन उपयुक्त ठहर भएका वडावासीलाई क्रमशः निस्सा प्रदान गरिदै जाने सो अवसरमा जानकारी गराइयो ।