इटहरी । खानासंगै संगित समावेश गरेर सुनसरीको इटहरीमा एक दिने फुड एण्ड फेस२०२४ कार्यक्रम आयोजना गरिने भएको छ ।

  ग्लोवल ड्रिम्र्स मेनजमेन्टको आयोजनामा आगामी फागुन २ गते इटहरीमा खाना र संगित सहित एकै ठाउँमा रहने फुड एण्ड फेस गरिन लागेको पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।

 पत्रकार सम्मेलनमा ग्लोवल ड्रिम्र्स मेनजमेन्टका अध्यक्ष स्मित  कार्कीले मन्दी रहेको बजारलाई चलायमान वनाउन साथै इटहरीमा पर्यटकीय गतिविधि वढाउन सहयोग पुर्याउने उद्धेश्यले फुड एण्ड फेस आयोजना गर्न लागिएको जानकारी गराए ।WhatsApp Image 2024-01-21 at 17.09.48

फुड एण्ड फेसमा  सुदर्न राई एण्ड व्याण्ड, एज ब्याण्ड ,पुर्ण राई एण्ड दाजुभाई लगायतको कलाकारहरुको सांगितिक प्रस्तुति रहेको समेत जनाइयो । कार्यक्रमबाट संकलीत रकमबाट असाह बालबालिकाहरुका लागि वुल्स ऐलेभेनसंग मिलेर केही सहयोग गर्ने समेत पत्रकार सम्मेलनमा जानकारी गराइयो । कार्यक्रममा खानाका विभिन्न परिकार सहित सांगितिक प्रस्तुतिले आगन्तुकहरुलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।