संखुवासभा । महिला आत्मनिभरतामा जोड दिदै संखुवासभाको भोट खोला गाउँपालिकामा भोटे जातिका महिलाहरुले लगाउने कितेन पाङ्तेन वनाउने एक महिने तालिम सञ्चालन हुदै आएको छ ।
भोटखोला गाउँपालिकाले उपाध्यक्षसंग कितेन पाङ्तेन सिलाई वुनाई कार्यक्रम अन्तरगत गाउँपालिका क्षेत्रका ४०जना महिलाहरुलाई कितेन पाङ्तेन वनाउने एक महिने तालिम प्रदान गर्दै आएको हो ।
गाउँपालिकाको महिला विकास शाखा मार्फत सञ्चालन भई रहेको तालिममा भोटखोला गाउँपालिका वडा नम्बर ३मा १०जना महिलाहरुको सहभागिता रहेको छ । सिपका माध्यमबाट महिलाहरुलाई आत्मनिर्भर वनाउन सहयोग पुर्याउने उद्धेश्यले एक महिने तालिमको आयोजना गरिएका भोट खोला गाउँपालिका वडा नम्बर ३का वडाध्यक्ष पासाङ भोटेले जानकारी दिए ।
महिलाहरुले सिप सिकेर आफै व्यवसाय सञ्चालन गर्न थालेपछि आत्मनिर्भर बनाउने उद्धेश्यले गाउँपालिकाले सञ्चालन गर्ने महिला लक्षित तालिमहरुले महिलाहरुलाई आत्मनिर्भरताका लागि सहयोग पुग्ने स्थानीय समाजसेवी मिथुन भोटे वताउछन ।
महिलाहरुलाई कितेन पाङ्तेन वनाउने तालिममा सहजिकरण गर्दै आएकी सहजकर्ता डोल्मा भोटेले अन्य स्थानका महिला भन्दा यहाँ महिलाहरुले चाँडो सिकिरहेको भन्दै महिला आत्मनिर्भरताका लागि तालिम फलदायक हुने वताइन ।
तालिमका सहभागीहरुले पनि तालिम उपलव्धी मुलक भएकाले तालिमबाट सिकेका कुराहरुलाई व्यवहारिक रुपमा प्रयोगमा ल्याएर कितेन पाङ्तेन वनाउने व्यवसाय सञ्चालन गर्न सकिने भन्दै हर्सित भएका छन ।
पहाडी क्षेत्रमा अन्य कामहरु सहज रुपमा नपाइने भएकाले यस प्रकारका तालिमहरुले महिलाहरुलाई आत्मनिर्भर वन्न सहयोग पुर्याउने देखिन्छ ।




















